Advertisement

Author: राकेश खड्का

राकेश खड्का कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको व्यवस्थापक हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।
बझाङ को मस्टा गाउँपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत मा खड्का

बझाङ को मस्टा गाउँपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत मा खड्का

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
मस्टा गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत को रुपमा रमेश बहादुर खड्का लाई नियुक्त गरेको छ । बिगत  २ हप्ता देखि गाउपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन थियो ।  निमित्त प्रमुख प्रशासकीय अधिकृत ले प्रशासकीय काम चलाउदै आएको मस्टा गाउँपालिका हाकिम अमर बहादुर जेठारा गत वर्ष अवकाश भइ गएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत को रुपमा हरि प्रसाद सुवेदी आएका थिए । प्रशासकीय अधिकृत सुवेदी ले पालिकामा आफ्नो कार्य गर्ने वातावरण सहज नभएको भन्दै छोडेर गएका थिए ।  आज पालिका का आर्थिक गतिविधि रोकिएको करिब २ हप्ता पछि खड्का लाई निमित्त प्रमुख प्रशासकीय अधिकृत को जिम्मेवारी दिइएको छ । कुनि प्रलोभनमा नपरी जनता का काम गर्ने तथा कुनै पनि राजनीतिक दल मा केन्द्रित नभएर निस्वार्थ भावनाले जनता को काम गर्ने प्रशासकीय अधिकृत खड्का ले कमना टूडे लाई बताएका छन् ।...
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

राजनीति
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष  एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । -अनलाइन खबर...
बाजुराको खप्तड छेडेदह मा सुत्केरीलाई कोसेली

बाजुराको खप्तड छेडेदह मा सुत्केरीलाई कोसेली

बाजुरा, सुदूरपश्चिम
बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पछिल्लो समय सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरीरहेको छ ।गत आर्थिक वर्ष २०७९/०८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय गाउँमा केही बच्चामा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिकाले जानकारी गराएको छ ।यो कार्यक्रम सञ्चालन गरेपछि बाजुराको खप्तड छेडेदह गाउँपालिकाका सुत्केरीको मुहारमा निकै खुसी छाएको छ । कार्यक्रमले पछिल्लो समय यहाँका अधिकांश आमा र बच्चा दुबैको स्वास्थ्यमा राम्रो परिवर्तन ल्याएको छ , ‘गाउँपालिकाले सञ्चालन गरेको यो सुत्केरीसँग कोसेली कार्यक्रमले यहाँका आर्थिक अवस्था कमजोर भएका महिलाका लागि निकै सहज भएको छ ।’ पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्य...
ठेकेदार कम्पनी र बनको सेटीगंमा गौरीगंगामा अबैध ढुुगां बालुवा निकासी

ठेकेदार कम्पनी र बनको सेटीगंमा गौरीगंगामा अबैध ढुुगां बालुवा निकासी

कैलाली, समाचार, सुदूरपश्चिम
कैलालीको गौरीगंगा नगरपालिका अन्र्तगत पर्ने कान्द्रा नदीमा नदीजन्य पदार्थको उत्खन्नले बस्तीहरु जोखीमा पर्ने भएका छन् । बाताबरणीय प्रभाव मुल्यांकन नगरिएका स्थानहरुबाट सेटीगंमा गीटी बालुवाहरुको ओसारपसार भएपछि बस्तीहरु जोखीममा परेको स्थानीयहले बताएका छन् । सवडिभिजन बन कार्यालयका प्रमुख भरत शाह, जनप्रतिनिधि र ठेकेदार कम्पनीको मिलेमेतोमा सेटीगं मिलाएर धमाधम नदीजन्य पदार्थ उत्खन्न भईरहेको छ ।बाताबरणीय प्रभाव मुुल्यांकन गरेर ठेक्का लगाएको नगरपालिको तोकेको भन्दा माथि बाट ठेकेदार कम्पनीले उत्खन्न गरीरहको स्थानीयहरुले बताएका छन् । उक्त उत्खनन् र ओसारपसारले गौरीगंगाका बनखेत, रजीया, भगवानपुर, संकरपुर, साझा बजार, ऐठापुर । पालिकाको ७,८,९, १० र ११ लगाएतका वडाका बस्तीहरु जोखीममा परेको स्थानीय नैनसिंह बुढामगरले बताए । ठेक्का पाएको निर्माण कम्पनीले नगरपालिका भित्र पर्ने कान्द्रा, शिवगंगा, अण्डै...
बझाङ जिल्लाको कुल मस्ट्राजन माबी ले बिद्यार्थी बाट अनावश्यक शुल्क लिएको कुरा भ्रामक : प्रधानाध्यापक

बझाङ जिल्लाको कुल मस्ट्राजन माबी ले बिद्यार्थी बाट अनावश्यक शुल्क लिएको कुरा भ्रामक : प्रधानाध्यापक

बझाङ, शिक्षा, सुदूरपश्चिम
पछिल्लो समय बझाङ जिल्लाको मस्टा गाउपालिका अतर्गत पर्ने  कुल मस्ट्राजन माध्यामिक बिद्यालयमा बिद्यार्थीहरुबाट  अनावश्यक शुल्क लिइएको भन्ने कुरा सामाजिक संजालमा देखिएको जस्तो नभएको कुल मस्ट्राजन माध्यामिक बिद्यालय का प्रधानाध्यापक मोहन थापा ले जानकारी गराएका छन । प्रधानाध्यापक थापाले कुल मस्ट्राजन माबी मा बिगत ३/४ बर्ष देखि बिद्यालय बाट ११/१२ कक्षा पढेर  बिदाइ हुने बिद्यार्थीहरुबाट रु ३००० तीन हजार शुल्क लिदै आएको कुरा हाम्रो कामना टूडे लाई जानकारी दिएका छन ।  उक्त शुल्क पनि बिद्यालय प्रशासन , बिद्यालय ब्यवस्थापन समिती र अभिभावकहरुले निर्णय गरेबमोजिम लिईएको र त्यसै शुल्क भित्र ११/१२ पढ्ने सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाई निशुल्क सबै पाठ्यपुस्तक हरुको सुविधा समेत बिद्यालयले प्रदान गरेको प्रधानाध्यापक थापा ले बताएका छन । यदि उक्त शुल्क बढी भयो तिर्न सकिदैन...
तरुन दल नगर सभापति मा साउद

तरुन दल नगर सभापति मा साउद

कैलाली, राजनीति, समाचार, सुदूरपश्चिम
हिमाल साउद । नेपाली काङ्ग्रेस भातृ संगठनका तरुन दल ले सुरुवात गरेको नगर कमिटी  संगठन गठन क्रम मा कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका मा पनि गठन गर्दै सभापति मा युवा समाजसेवी एवम् ब्यापारी  लक्ष्मण साउद लाई नगर सभापति मा चयन गरेको छ । उक्त भेला मा प्रमुख अथिती मा जिल्ला सभापति निराजन खड्का थिए भने कार्यक्रम सभापतित्व विशाल खवास रहनु भएको थियो । आफु पार्टी को मात्र सभापति नभएर जनता को  सेवक भएर काम गर्ने प्रतिबद्धता गदै सभापति पाएको मा आफू हर्सित भएको र पद को कुनै पनि गलत दुरुपयोग नगर्ने कुरा बताएका छन्  । .......
समाजवादी प्रेस संगठन सुदूरपश्चिमको अध्यक्षमा हिक्मत सिंह सर्वसम्मत

समाजवादी प्रेस संगठन सुदूरपश्चिमको अध्यक्षमा हिक्मत सिंह सर्वसम्मत

कैलाली, राजनीति, सुदूरपश्चिम
समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मतबहादुर सिंह चयन भएका छन्। शनिबार धनगढीको सितार होटेलको सभाहलमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनमा सिंह निर्विरोध अध्यक्षमा चयन भएका छन । १३ सदस्यीय समितिको उपाध्यक्षमा तपेन्द्र कुँवर, उपाध्यक्ष (समावेशी)मा शर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोषप्रसाद जैसी र कोषाध्यक्षमा समिक्षा जोशी चयन भएका छन्। यस्तै, सदस्यमा उमेश शाही, जनक थापा, निशा साउँद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउँद र राजेन्द्र बिक चयन भएका छन्। अध्यक्षमा चयन भएपछि सिंहले संगठन निर्माणका लागि सधैं तत्पर भएर लाग्ने प्रतिक्रिया दिए। उनले एकल निर्णयभन्दा पनि संगठनसँगै लागेर हरेक निर्णय गर्ने बताए।...
समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार

समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार

कैलाली, राजनीति, समाचार
नेकपा एकीकृत समाजवादी  निकट प्रत्रकारहरुको छाता संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री  निर्वाचित भएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा कमल वुढा , महिला उपाध्यक्षमा राधिकाकुमारी बराल, सचिवमा शिवलाल डाँगी , कोषाध्यक्षमा कृष्णबहादुर सुनार  र सहसचिव प्रेम वली  निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा  बशन्त बागचन , नन्दराम जैसी , आनन्दसिंह बोहोरा , विनोद लम्साल , दान खत्री, करिष्मा गिरी, पुष्पराज वली , कुसुम रोकाय  र कमला मल्ल  सर्वसम्मत निर्वाचित भएका छन् ।नमन शाही, रमेश गौतम र चक्र केसीको अध्यक्ष मण्डलले संगठनको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सङ्ठनका केन्दीय अध्यक्ष वि...
कैलाली को जोशिपुर गाउपालिका वडा न १ को वडा स्तरिय खेलकुदमा ब्यापक भ्रष्टाचार

कैलाली को जोशिपुर गाउपालिका वडा न १ को वडा स्तरिय खेलकुदमा ब्यापक भ्रष्टाचार

कैलाली, खेलकुद, सुदूरपश्चिम
मिलन साउद ।कैलाली को जोशिपुर गाउपालिका वडा न १ को वडा स्तरिय खेलकुदमा ब्यापक भ्रष्टाचार भएको  देखिएको छ । आसिक चौधरिको अध्यक्षतामा रहेको खेलकुद समितीले दादागिरी शैलीमा कुनै पनि खेलाडीहरुलाई र स्थानीयलाइ जे गर्नु हुन्छ गर्नुस तर कुनै पनि सामाग्रिहरुको बिल देखाउदैन भनेर गैर-जिम्मेवार पूर्ण र धम्की शैली मा जवाफ दिए । साथै जोशिपुर गाउपालिकाका कुनै पनि खेलमा शिक्षा तथा खेलकुद समितिका ब्यक्तिहरुको उपस्थित नरहेको स्थानीय र खेलाडीहरुको व्यापक गुनासो छ । खेलकुदका पुरस्कारहरु वितरण गर्दा पनि पुरानै पुरस्कार तथा मेडलहरु बितरण गरेको खेलाडीरुले बताएका छ्न । त्यसै गरि ३६ वटा प्रमाण-पत्र छपाइमा मात्र रु.२०००० हजार खर्च गरेको देखिएको छ । पुरस्कार बितरण नगरेरै खेल समापन भएको खेलाडिहरुको गुनासो छ ।...

बझाङ को मस्टा गाउपालिका मा जनप्रतिनिधि को मनोमानी

समाचार
बझाङ जिल्ला को मस्टा गाउपालिका मा जनप्रतिनिधि हरु को मनोमानी बढ्दै गैरहेको पाइएको छ । पटक पटक विभिन्न कुराहरुको  विवाद मा आइरहेको मस्टा गाउपालिकाले गत आर्थिक वर्षको चैत्र मा खरिद गरेका ३ ओटा मोटरसाइकल मनोमानी तरिका ले निजि सवारी साधन झै प्रयोग भैरहेको पाइएको छ ।  मोटरसाइकल खरिद गरेको ३५ दिन भित्र सेतो नम्बर प्लेट लगिसक्नुपर्ने प्राबधान भएता पनि मस्टा गाउपालिका को वार्डहरु क्रमशः  १ र २ का वार्ड अध्यक्ष  रामचन्द्र रोकाया र प्रकाश खड्का ले प्रयोग गर्ने मोटरसाइकलहरु भने लगभग १ वर्ष  बितिसक्दा पनि सेतो नम्बर प्लेट लगिएको छैन ।  पटक पटक स्थानीय ब्यक्तिहरु बाट पनि सेतो नम्बर प्लेट राख्नु भनेर शुझाव पाउँदा पाउदै पनि जनप्रतिनिधि हरुले मनोमानी ढङ्गले आफ्नो निजि सवारी साधन झै प्रयोग गरिरहेका छन । सम्पुर्ण घरायसी काम देखि बिदाका दिनहरुमा पनि मोटरसाइकल प्रयोग भैरहेको एक जना स्...

भ्रष्टाचार गरेको आफैबाट खुलासा गर्ने वनका हाकिम भट्टलाई मुख्यमन्त्री शाह र भौतिकमन्त्री देउवाले किन च्यापे काखी ?

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
विभागिय मन्त्रीलाई अश्लिल गाली बेईज्जती गर्ने र मातहतका कार्यालयबाट घुस रकम आएको आफैले भिडियो मार्फत बोलेपछि विवादमा तानिएका सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टलाई मन्त्रालय तानिएको छ । विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट अवैध रकम असुली गरेको भिडिओ सार्वजनिक भएका वन निर्देशक भट्टलाई मन्त्रालय तानिएको हो । केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका वन कार्यालयबाट पैसा उठाएको कुरा बोक्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो ।जबकी उनलाई कसैले आरोप नभई स्वयम आफैले मातहतका कार्यालयबाट रकम आएको आउन बाँकी रहेको विषय आफ्नै मुखबाट खुलासा गरेका थिए ।वन मन्त्रालयका निमित्त प्रमुुख जनक पाध्यायले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टिकरण माग्दै मन्त्रालय तानिएको पुष्टि गरेका छन । वन मन्त्रालयले भट्टले डिभिजन वन कार्यालय...

गृहमन्त्री श्रेष्ठलाई ‘नालायक’को संज्ञा दिँदै नेविसंघले माग्यो राजीनामा

राजनीति, समाचार
बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् । पार्टीका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ । बुधबार दिउँसो यादवमाथि खुकुरी प्रहार भएको थियो । यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज