Advertisement

Author: राकेश खड्का

राकेश खड्का कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको व्यवस्थापक हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।
लगातार आएको बर्षाको बाढीले कैलालीको जनजीवन प्रभावित

लगातार आएको बर्षाको बाढीले कैलालीको जनजीवन प्रभावित

कन्चनपुर, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि, स्वास्थ्य
लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्। पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ। स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन्। नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन्। बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ। वडा नं ८ का सबै घर डुबानमा परेका छन्। ‘निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्’, उनले भने, ‘कतिपय आफन्तकोमा बसिरहेका छन्।’ बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीक...
कञ्चनपुर जलमग्न : ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो, एक बालकको मृत्यु

कञ्चनपुर जलमग्न : ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो, एक बालकको मृत्यु

कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर – कञ्चनपुरमा निरन्तर परिरहेको अविरल वर्षाले अधिकांश क्षेत्र डुबानमा परेका छन् । वर्षाले जिल्लाको भीमदत्त नगरपालिका, दोधरा चाँदनी, पुनर्वास नगरपालिका लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार जिल्लामा हालसम्म ३३३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जसमा भीमदत्त नगरपालिका – १८ सुकुम्वासी बस्ती महेन्द्रनगरका २ सय ५० परिवार, दोधरा चाँदनी नगरपालिका – १० का ७२ परिवार, पुर्नवास नगरपालिका – ५ र ७ का ११ परिवार रहेका छन् । चौधर नदी बेलडाँडी गाउँपालिका – ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका –३ , ४, ५ र बेलौरी नगरपालिका – १० क्षेत्र डुबानकाे जाेखिममा परेका छन् । वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढी बिच आवतजावत बन्द भएको छ । यसैबिच वर्षातको पानी घरभित्र पस्दा कृष्णपुर न...
कञ्चनपुरमा जताततै डुबान, नदीको बाढीले बेलडाँडी उच्च जोखिममा

कञ्चनपुरमा जताततै डुबान, नदीको बाढीले बेलडाँडी उच्च जोखिममा

कन्चनपुर, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार राति ११ बजे कञ्चनपुरका अधिकांश स्थानमा अति भारी वर्षा भएको र थप वर्षा हुन सक्ने विभागले जनाएको छ। लगातार परेको अबिरल  बर्षाका कारण बेलडाँडी गाउँपालिकाको अधिकान्स भु-भाग डुवानमा परेको छ र बेलडाँडी गाउँ पालिकाको छेउ भइ बग्ने चौधर नदिको सतह उच्च बढेकाले इमलिया,झिलमिला,बैवाह लगायतका होचा क्षेत्रका बस्तिमा बसोबास गर्नेले उच्च सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । साथै चौधरा नदि गणेश माबी भुर्सा तिर को नहर फुटाएर  इमलिया,झिलमिला,बैवाह का बस्तिमा गैसकेको छ । जसले गर्दा हजारौं मानिसहरु प्रभावित भएका छन । यसले निकै ठूलो धन जन को क्षति हुने पनि देखिन्छ । विभागले कञ्चनपुर भएर बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले सोम...
बझाङमा प्रहरीलाई छलेर क्षमता भन्दा बढि यात्रु ओसार्दै जीप व्यवसायी

बझाङमा प्रहरीलाई छलेर क्षमता भन्दा बढि यात्रु ओसार्दै जीप व्यवसायी

दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङको सदरमुकाम देखि पारी डुङ्ग्री देखि  भातेखोला तर्फ गईरहेको जिपले क्षमत भन्दा २/३ गुणा बढि सवारी हाल्ने गरेको पाइएको छ । बझाङ जिल्ला को मस्टा गाउँपालिकाका शाखा रोडहरुमा मनोमानी तरिकाले क्षमता भन्दा बढी यात्रु  बोक्ने गरेको पाइएको छ। जीपले छतमा समेत यात्रुहरु कोचाकोच हालेको दृष्य प्रस्ट देखिन्छ।   जीपको भित्र अगाडी पछाडी पुरै मान्छे प्याक भएर छत पनि प्याक भई पछाडी  झुण्डेर सवारी गरिरहेका दृश्य प्रष्टसंग देख्न सकिन्छ । यो भन्दा अगाडि पनि उक्त सडकमा यस्तै लापरबाही ले २ठूला दुर्घटना भैसकेका छन्  उक्त दुर्घटनामा १० जना एक पटक र ८ जना मान्छेको अर्को पटक मृत्यु समेत भैसकेको छ भने दर्जनौं मान्छे घाइते भएका थिए । मस्टा गाउँपालिका वडा न १ का वडाअध्यक्ष कै घर अगाडि बाट त्यसरी मान्छे हालेको दृश्य सबैल प्रष्ट देखेका हुन्छन् तर स्थानीय सरकार र जिल्ला ट्राफिक प्रहरी कार...
बझाङ को मस्टा गाउँपालिका मा वडा अध्यक्ष को मनपरी

बझाङ को मस्टा गाउँपालिका मा वडा अध्यक्ष को मनपरी

दैनिक, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ जिल्ला को मस्टा गाउपालिका मा जनप्रतिनिधि हरु को मनोमानी बढ्दै गैरहेको पाइएको छ । पटक पटक विभिन्न कुराहरुको  विवाद मा आइरहेको मस्टा गाउपालिकाले गत आर्थिक वर्ष २०७९ मंसिर २९ चैत्र मा खरिद गरेका मोटरसाइकलहरु मनोमानी तरिका ले निजि सवारी साधन झै प्रयोग भैरहेको पाइएको छ ।  मोटरसाइकल खरिद गरेको केहि दिन भित्र नै सेतो नम्बर प्लेट लगिसक्नुपर्ने प्राबधान भएता पनि मस्टा गाउपालिका को वार्डहरु क्रमशः  १ र २ का वार्ड अध्यक्ष  रामचन्द्र रोकाया र प्रकाश खड्का ले प्रयोग गर्ने मोटरसाइकलहरु भने लगभग २ वर्ष  बितिसक्दा पनि सेतो नम्बर प्लेट लगिएको छैन । आफ्नो मनपरि तरिकाले सवारी साधन प्रयोग गरिरहेका छन । पटक पटक स्थानीय ब्यक्तिहरु बाट पनि सेतो नम्बर प्लेट राख्नु भनेर शुझाव पाउँदा पाउदै पनि जनप्रतिनिधि हरुले मनोमानी ढङ्गले आफ्नो निजि सवारी साधन झै प्रयोग गरिरहेका छन । ...
मस्टा गाउँपालिका को गत आर्थिक बर्षमा सडक सरसफाइ तथा स्तरोन्नतिमा मात्रै झन्डै अढाइ करोड खर्च

मस्टा गाउँपालिका को गत आर्थिक बर्षमा सडक सरसफाइ तथा स्तरोन्नतिमा मात्रै झन्डै अढाइ करोड खर्च

दैनिक, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभावी बजेट खर्च गर्नेमा मुलुकका तीन सरकारमध्ये स्थानीय तह सबैभन्दा अराजक देखिएको छ। आर्थिक ऐन, नियम र कानुनलाई तिलाञ्जली दिँदै स्थानीय जनप्रतिनिधिले मनपरी ढंगले रकम खर्च गरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको महालेखा परीक्षक कार्यालयको आर्थिक बर्ष २०७९/०८० को प्रतिवेदनले औंल्याएको छ। यही कारण स्थानीय तहको बेरुजु संघ र प्रदेशको तुलनामा झन्डै दोब्बर देखिएको छ। यसको उदाहरण हो सुदुरपस्चिम बझाङ जिल्लाको मस्टा गाउँपालिका को कार्यालय यो पालिका को गत आर्थिक बर्ष  २०७९/०८० मा लेखापरीक्षणबाट रू. ६६ लाख ३२ हजार बेरुजू देखिएको छ। सो सम्बन्धमा कुनै प्रतिक्रिया प्राप्त  नभएकोले बाकी बेरुजु असुल गर्नुपर्ने रू. ९ लाख ७७ हजार, प्रमाण कागजात पेस गर्नुर्न रू. ४० लाख ४६ हजार र नियमित गर्नुपर्ने रु. १५ लाख ९ हजार रहेको छ। यस गाउँपालिकाको गत वर्ष सम्म रु. ...
सडक नहुदा दार्चुला ब्याँस गाउँपालिकाका बासिन्दाहरु रुदै घर जानुपर्ने बाध्यता

सडक नहुदा दार्चुला ब्याँस गाउँपालिकाका बासिन्दाहरु रुदै घर जानुपर्ने बाध्यता

दार्चुला, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
ब्याँस गाउँपालिका दार्चुला जिलामा अवस्थित जिल्ला हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७७३ स्थानीय तह लागु गरेपछि दार्चुला जिलामा साविकको ब्याँस, राप्ला, सुनसेरा, धौलाकोट आ हुती गाउँ विकास समितिसबै मिलाएर ब्याँस गाउँपालिका बनाएको हो ।ब्याँस गाउँपालिकाक कूल क्षेत्रफल ८३९.२६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकामा ६ वडामा विभाजन गरिएको छ । यो गाउँपालिकाको कूल जनसङ्ख्या ९६६८ रहेको छ । यो गाउँपालिकाको सिमाना पूर्वमा बझाङ जिला उत्तरमा चीन , पश्चिममा भारत, तथा दक्षिणमा दुहुँ गाउँपालिका वा अपिहिमाल गाउँपालिका मा फैलिएको छ । यहाँको जनसंख्या निकै कम भए पनि बिकास मा भने निकै पछि परेको देखिन्छ ।  गाउँपालिका भित्रका वार्ड न ४,३,२ र १ का स्थानीयहरु सदरमुकाम खलंगा आवतजावत गर्न लाई नेपाल को सडक नै नभएको र पारी भारत भएर जानू पर्ने बाध्यात्मक स्थिती रहेको एक जना ...
पर्यटन प्रर्वद्धन मा पछि परेको बझाङ को सुन्दर आँखा आकृतिको सुर्मासरोबर

पर्यटन प्रर्वद्धन मा पछि परेको बझाङ को सुन्दर आँखा आकृतिको सुर्मासरोबर

पर्यटन, बझाङ, समाचार, सुदूरपश्चिम
सुर्मासरोवर बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको आँखा आकृतिको एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ ।  बझाङवासीहरू साउन महिनाको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ छ। चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा पुनः मिसिन्छ। सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान–सुत्न मिल्ने विशाल विरु ओडार छ। दार्चुलातिरबाट आउने तीर्थालुहरू यही ओडारमा बास बस्छन्। साउनमा यस सरोवरमा स्नान गर्न आउने शर्द्धालुहरूको यात्रालाई सुर्मा सरोवर जात्रा भनिन्छ । विरु ओडारबाट केही तल धानसेरी पार्थीका विशाल नागीहरू छन्– छेवैमा तातोपानीको मुहान छ। त्यहाँबाट दुई किमी पूर्व हिंडेपछि धानसेरी जिउलो पुगिन्छ। ...
कैलालीमा गर्मीका कारण युवककाे मृत्यु

कैलालीमा गर्मीका कारण युवककाे मृत्यु

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए । उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ। उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ। पछिल्लो केही दिनदेखि गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो। बिहीवार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली)मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ । साथै सम्पुर्ण लाई गर्मीम...
निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी

मुख्य समाचार, राजनीति, समाचार
  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताएका छन् ।  सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘संघीयता, लोकतन्त्र र कानुनी शासन’ विषयक अन्तरक्रियामा उनले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताएका हुन् । विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उनको भनाइ थियो । सामाजिक सुरक्षा भत्ता बराबर पनि पुँजीगत खर्च नहुनु समस्या भएको उनले बताए । अहिलेको व्यवस्थामा आलोचनालाई सल्लाह र सुझावको रुपमा लिएको बताउँदै मन्त्री जोशीले निजामती कर्मचारी सेवा विधेयक आइसकेपछि प्रदेशस्तरमा देखिएका कर्मचारीको समस्या समाधान हुने बताए । अहिलेको व्यवस्थामा धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिक जस्ता विषय रहेकाले यसको समीक्षा हुनुपर्ने भन्दै मन्त्री जोशीले आगामी दिन...
धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको फूलबारीमा एक सय ७ परिवारको जग्गा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित भएका छन्। धनगढी उपमहानगरपालिका–१८ मा एक सय ७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित बन्न पुगेका हुन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा २ सय ४२ बिघा २ कट्ठा १९ दशमलव ५ धुर जग्गा गुरू पुरोहित जनकराज पाण्डेयले राणा शासनको समय १९९३ सालमा लालमोहरबाट प्राप्त गरेको र २०२१ सालको नापनक्सा हुँदा छुट हुन गएको भन्दै अहिले आएर छुट जग्गा दर्ता गर्न मालपोत कार्यालय धनगढीमा निवेदन परेको हो। काठमाडौं महानगरपालिका–३३ का प्रद्युम्न पाण्डेयको वारिस धनगढी–५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट हुन गएको जग्गा दर्ता गर्न निवेदन दिएका हुन्। तर निवेदन दिएको जग्गामा भने २०३६ सालदेखि बसोवास रहेको छ। २०३६ सालमा आवास कम्पनी र त्यसपछि विभिन्न समयमा गठन भएका सुकुम्वासी आयोगले अहिले बसोवास ...
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका दलहरुले नाराबाजी गरेका हुन्। दोस्रो प्रदेश सभाको तेस्रो अधिवेशनको १०औँ बैठक नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठक अवरुध पारेका हुन्। उनीहरूले सभामुख भीमबहादुर भण्डारीले बैठक सुरुगरेपछि विरोध गरेका थिए। सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतका लागि बैठक आह्वान गरिएको बताएका थिए। तर, प्रदेश सभा सदस्यहरूले नमानेपछि आधा घण्टका लागि बैठक स्थगित गरिएको हो। उनीहरूले मुख्यमन्त्री नियुक्तीमा प्रदेश प्रमुखको व्ययभार असंवैधानिक भएको बताएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज