ब्याँस गाउँपालिका दार्चुला जिलामा अवस्थित जिल्ला हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७७३ स्थानीय तह लागु गरेपछि दार्चुला जिलामा साविकको ब्याँस, राप्ला, सुनसेरा, धौलाकोट आ हुती गाउँ विकास समितिसबै मिलाएर ब्याँस गाउँपालिका बनाएको हो ।ब्याँस गाउँपालिकाक कूल क्षेत्रफल ८३९.२६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकामा ६ वडामा विभाजन गरिएको छ । यो गाउँपालिकाको कूल जनसङ्ख्या ९६६८ रहेको छ । यो गाउँपालिकाको सिमाना पूर्वमा बझाङ जिला उत्तरमा चीन , पश्चिममा भारत, तथा दक्षिणमा दुहुँ गाउँपालिका वा अपिहिमाल गाउँपालिका मा फैलिएको छ । यहाँको जनसंख्या निकै कम भए पनि बिकास मा भने निकै पछि परेको देखिन्छ ।

गाउँपालिका भित्रका वार्ड न ४,३,२ र १ का स्थानीयहरु सदरमुकाम खलंगा आवतजावत गर्न लाई नेपाल को सडक नै नभएको र पारी भारत भएर जानू पर्ने बाध्यात्मक स्थिती रहेको एक जना स्थानीय बताउछन् ।
उक्त पालिकाका स्थानीयहरु आफू नेपाली रहेको तर हाम्रो स्थानीय सरकार छ भन्ने अनुभुती नि नभएको बताउँछन् । यसै क्रम मा एक जना स्थानीय बताउछन् ” जनता भारत को धार्चुलाबाट दार्चुला आउदा घर जाने बेला ब्याँस गाउँपालिका वडा ४ को बासिन्दाहर रुदै घर पुग्नुपर्ने स्थिति रहेको छ । घरमा बच्चा हरुको बिचल्ली हुँदै छ किनकी मलघटे पुल बिहान ९ बजे खुल्छ ५ बजे बन्द हुन्छ स्थानीयहरु बिहान सदरमुकाम दार्चुला जान्छ्न साझ ५ बजे नाका बन्द भएको हुन्छ र भारत का सशस्त्र सीमा बल (यस.यस.बि ) लाई हात जोडेर सर १ मिनेट रोकिदिनुन भनेर बिन्ती गर्दा समेत रोक्दैनन कति सम्म ब्याँस को जनताहरुले दुख भग्ने हो ? सरकार तिङकर सडक राम्रो भए किन यस्तो दिन आउथ्यो ? तिङकर सडक मा बर्सेनि अरब का हिसाबले बजेट आए पनि उक्त बजेटले नेता र ठेक्दारले आफ्नो सिरानी र बिस्तारा बनाए । खैत अहिले सम्म रोड बनेको ? असार र साउन को महिना ब्याँस मा नुन मिल्दैन केजी को ६० रुपैया नुन किनेर खानु पर्छ ध्यान खैत केन्द्र देखि प्रदेशको सरकारको ? जिल्ला का सांसद हरु दिलेन्द्र प्रसाद बडू र गणेश ठगुन्ना खैत किन हामी कान मा तेल हालेर बसेका ? चोर हरु कहिले बन्छ त ? दार्चुला का झोले पत्रकार र नेताहरू लाई सोध्नु भन्दा जनता लाई सोध्नु ” भनेर सामाजिक संजाल मा दु:ख प्रकट गरेका छन् ।
अन्य स्थानीयहरु पनि सरकारले ध्यान नदिएकाले बर्सौ देखि यस्तो सास्ती भोग्ने परिरहेको बताउछन् । नेपाल को आफ्नै गाउँ ठाउँ मा जानलाइ आफ्नो सडक नहुदा भारतले आफुखुशी नाका बन्द गर्ने र खोल्ने गरेको पनि बताउछन् । आफ्नै घर मा जान पनि भारत भएर जानुपर्ने र बाटो मै अनेकौ दु:ख कष्ट भोग्नुपर्ने कस्तो विडम्बना हो सरकार ?