सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत
काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । उक्त प्रतिवेदन सोमबार नै संसदमा पेश गरिने सभापति सूर्य थापाले जानकारी दिए ।
१५ जेठमा गठन भएको संसदीय विशेष समितिको २२ जेठमा पहिलो बैठक बसेको थियो । तीन महिना अवधि पाएको समितिले तोकिएको समयमा काम नसकिएपछि थप १५ दिन समय पाएको थियो ।
समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा कसैले पनि फरक मत लेखेको छैन, सबै निर्णय सर्वसम्मत भएका छन् ।
संसदीय समितिले जीबी राई समूहले चलाएको सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएको बताएको छ ।
‘सहकारीबाट पैसा लैजान रवि लामिछानेको भूमिका देखिएन’, संसदीय समिति सदस्य रास्वपाका सांसद शिखिर खनाल भन्छन्, ‘जीबी राई लगायतका सहकारी सञ्चालकहरुको भूमिका देखिन्छ ।’
यसरी ६७ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्...












