Advertisement

Author: राकेश खड्का

राकेश खड्का कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको व्यवस्थापक हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।
आलोक मल्टी कन्सर्न प्रालिले सरकारी कार्यालयहरूलाई फर्निचर सहयोग गर्ने 

आलोक मल्टी कन्सर्न प्रालिले सरकारी कार्यालयहरूलाई फर्निचर सहयोग गर्ने 

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– जेन-जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुग्दा सेवा सञ्चालनमा कठिनाइ आएपछि, आलोक मल्टी कन्सर्न प्रालि, धनगढी-४, चटकपुरले सहयोग गर्नेभएको छ। कम्पनीले भनेको छ, यसअघि आगलागीबाट ठुलो क्षति भोग्दा पनि आम जनसमुदाय, व्यवसायी र उद्योग वाणिज्य संघ लगायतबाट प्राप्त सहयोग र हौसलाका कारण पुनः सञ्चालनमा फर्किन सफल भएको छौ । यस सहयोगी भावनाको कदर गर्दै, कम्पनीले समाज, समुदाय र राष्ट्रिय हितप्रति आफ्नो प्रतिबद्धता देखाउँदै सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि फर्निचर उपलब्ध गराउने निर्णय गरेको हो। आलोक मल्टी कन्सर्न प्रालिले “समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्न” अठोट जारी राखेको र आगामी दिनमा पनि यस्ता सहकार्यका कार्यक्रमलाई निरन्तर बढाइने जनाएको छ।...
गौरा पर्वको अवसरमा न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन

गौरा पर्वको अवसरमा न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, सुदूरपश्चिम
धनगढी, कैलाली । कैलालीको फूलबारी–१४, डिपोबजारमा आज (भदौ १५ गते) न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन भएको छ। आलोक मल्टी कन्सर्न प्रा. लि., चटकपुरको शाखाका रूपमा सञ्चालनमा आएको यो नयाँ फर्निचर पसलले यस क्षेत्रका ग्राहकलाई उच्च गुणस्तरका आधुनिक र परम्परागत शैलीका फर्निचर उपलब्ध गराउने लक्ष्य राखेको छ।   उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, व्यवसायी, उद्यमी, समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। पसलका सञ्चालक दुर्गा प्रसाद जोशीका अनुसार, न्यू रोहित फर्निचर सप्लायर्सले धनगढी तथा आसपासका क्षेत्रमा सोफा, बेड, मोडुलर किचन, दराज, टेबुल, डाइनिङ टेबल, घुम्ने कुर्सी, कार्पेट, पर्दा, गलैचा, इलेक्ट्रिकल आइटम तथा अफिस फर्निचरलगायतका घर र कार्यालयका सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध गराउनेछ।   गुणस्तर र ग्राहक सेवामा विशेष ध्यान दिने लक्ष्य राखिएको यस फर्निचर...
निलकमल सहकारीमाथि कोष हिनामिनाको आरोप, पदाधिकारी मौन

निलकमल सहकारीमाथि कोष हिनामिनाको आरोप, पदाधिकारी मौन

Breaking News 1, दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ, बझाङको मष्टा गाउँपालिका–१ मा अवस्थित निलकमल महिला बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामाथि वर्षौंदेखि बचतकर्ताको रकम हिनामिना र दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।   वि.सं. २०६७ सालमा तत्कालीन कोटदेवल गाविसमा स्थापना भएको सहकारीले पारदर्शी हिसाब–किताब नगरी, आन्तरिक अडिटमा देखिएका त्रुटिहरू लुकाउने र नियम विपरीत खर्च गर्ने जस्ता गतिविधि गर्दै आएको बचतकर्ताहरूको आरोप छ।   सहकारीकी अध्यक्ष विमला रावलसहित पदाधिकारीहरूले मिलेमतो गरी संस्थाको कोष दुरुपयोग गरेको पीडितहरूले दाबी गरेका छन्। उनीहरूका अनुसार, पटक–पटक गुनासो गर्दा पनि सहकारी नेतृत्वले बेवास्ता गरेको र स्थानीय सरकारले समेत चासो नदिएको छ।   “हामीले पसिनाको पैसा विश्वास गरेर बचत गरेका थियौँ, तर अहिले रकम फिर्ता पाउने कि नपाउने अनिश्चित छ,” एक बचतकर्ताले बताए।   स्थानीय महिलाहरूले सहकारीले मनपरी ढंगले १...
मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम  र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

Breaking News 1, अछाम, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
अछाम- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेनका माध्यमिक विद्यालय, तुल्लाकी छात्रा रेशम कुमारी माझीले उत्कृष्ट प्रदर्शन गर्दै तुर्माखाँद गाउँपालिकामा प्रथम  तथा अछाम जिल्लामा ४"औं  स्थान हासिल गर्न सफल भएकी छन्। उनले कुल ३.८२ जीपीए प्राप्त गरेकी हुन्। रेशम कुमारी माजी गाउँपालिकाभित्र A+ ल्याउने चुनिँदा छात्रामध्ये एक हुन्। उनको यस उत्कृष्ट नतिजाले विद्यालय मात्र होइन, सम्पूर्ण तुर्माखाँद गाउँपालिकाको शैक्षिक गौरव बढाएको छ। विद्यालयका प्रधानाध्यापक दान बहादुर माझीले रेशमको परिश्रम, समर्पण र अनुशासनलाई प्रशंसा गर्दै यस सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।...
रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान

रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान

Breaking News 1, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
अछाम, अछामको रामारोशन गाउँपालिकाले बहुप्रतीक्षित प्रशासनिक भवन निर्माणको ठेक्का अन्ततः असार २ गते खोलेको छ। झण्डै ९ करोड रुपैयाँ लागत अनुमान गरिएको सो भवन २ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया सुरु गरिएको हो। गाउँपालिका स्थापना भएको लामो समय बितिसक्दा पनि हालसम्म स्थायी कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। अब भने भवन निर्माणका लागि ठोस कदम चालिएसँगै स्थानीय तहमा आधारभूत पूर्वाधार विकासको महत्वपूर्ण चरण सुरु भएको जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए अनुसार, “स्थायी संरचना नभएको कारण कार्यालय सञ्चालनमा जटिलता थियो। ठेक्का खोलेसँगै अब काम अघि बढ्नेछ र निर्धारित अवधिभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो गाउँपालिकाको सेवा प्रणाली सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हुनेछ।” यस भवनले प्रशासनिक कार्य सञ्चालनमा सहजता ल्याउने म...
खप्तड छेडेदह गाउँपालिकामा एम्बुलेन्स र जेसिभीको पूजा सम्पन्न, सेवा विस्तारमा नयाँ गति

खप्तड छेडेदह गाउँपालिकामा एम्बुलेन्स र जेसिभीको पूजा सम्पन्न, सेवा विस्तारमा नयाँ गति

Breaking News 2, ताजा अपडेट, दैनिक, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज एक विशेष समारोहका साथ नयाँ एम्बुलेन्स र जेसिभी (JCB) को पूजा तथा उद्घाटन सम्पन्न गरिएको छ। गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले यी दुई महत्वपूर्ण सवारी साधन सञ्चालनमा ल्याएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। विधिपूर्वक पूजापाठ गरी एम्बुलेन्सलाई स्वास्थ्य सेवा तथा जेसिभीलाई भौतिक पूर्वाधार निर्माणका लागि सञ्चालनमा ल्याइएको घोषणा गरियो। गाउँपालिका अध्यक्ष दिल बहादुर रावत ले कार्यक्रममा बोल्दै भने, "हामी गाउँपालिकालाई आत्मनिर्भर, सुव्यवस्थित र सेवा–मुखी बनाउन लागि परेका छौं। आजबाट सञ्चालनमा ल्याइएको एम्बुलेन्सले दुर्गम बस्तीका नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवामा सहज पहुँच दिनेछ ...
बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

Breaking News 1, ताजा अपडेट, दैनिक, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स सहयोग पाएका छन् । पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले बाजुराका हिमाली र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल र खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसुदेवी नाथलाई चाबी हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको दुतावासले बताएको छ । आपसी मित्रताको प्रतीकका रुपमा भारतले हरेक वर्ष स्थानीय तह, स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपहार स्वरुप सहयोग गर्ने गरेको छ । विशेष गरि दुर्गम क्षेत्रका बिरामीको उद्धार र उपचार सहयोगका लागि भारतले एम्बुलेन्स उपहार दिएको हो । यस अघि बाजुराका बुढीनन्दा, बुढीगंगा, बडिमालिका, बाजुरा अस्पताल, बाह्विस र जुगाडा स्वास्थ्य चौकी सहितका संस्थाहरू...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

Breaking News 1, दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष कलक ब. रोकायाको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ कैलालीका उपसमिति सदस्य यज्ञराज चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथि गेटा आँखा अस्पतालका निर्देशक सुरेशराज पन्त हुनुहुन्थ्यो । उक्त केन्द्रमार्फत दृष्टि परीक्षण, चस्मा जाँच, सामान्य आँखाका रोगहरूको उपचार, आँखाबाट बस्तु हटाउने, स्कुल स्तरको आँखाको जाँच, आँखा शिविर तथा आकस्मिक सेवा उपलब्ध हुने तल्कोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक तथा यस उद्घाटन कार्यक्रम सञ्चालक नरजित खड्काले बताउनुभयो । साथै, आँखामा पानी आउने समस्या, रङ्ग छुट्याउने क्षमता परीक्षण लगायतका सेवाहरू समेत प्रदान गरिनेछ । अध्यक्ष रोकायाले केन्द्र सञ्चालनमा आएपछि अब तल...
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले भने सुदूरपश्चिमको विकासबारे प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको छ

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले भने सुदूरपश्चिमको विकासबारे प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको छ

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशको विकासबारे प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीलेयस्तो बताएका हुन । उनलेे भने सुदूरपश्चिमको विकासका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरु एक ठाउँमा उभिएको छौ । सरकारमा सहभागी मन्त्री, सांसद तथा नेताहरुले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर सुदूरपश्चिमका महत्वपूर्ण विकास, निर्माणका योजनालाई गति दिन ध्यानाकर्षण गराइएको बताए । ‘सुदूरपश्चिमबाट सरकारमा सम्मेलित सबै मन्त्री, माननीय र यहाँ नेताहरुले प्रधानमन्त्री ज्यूलाई भेटेर प्रदेशको विकाससँग जोडिएका गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, महाकाली करिडोर, खुटिया दिपायल फास्ट...
बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना

बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना

Breaking News 1, कन्चनपुर, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बालेन शैलीमा कञ्चनपुरको एक स्थानीय तहले ग्रामीण सडकमा डोजर फेसनको नक्कल गरेको छ । जिल्लाको बेलडाँडी गाउँपालिकाले ममंगलबार चवन्नी बजार क्षेत्रमा डोजर फेसनको नक्कल गरेको हो । देशका अधिकांश शहरी क्षेत्रका बजार फराकिलो पार्ने योजना बनाउँदै कतिपय महानगर तथा उपमहानगरपालिकामा डोजर चलाएर प्रमुखहरूले चर्चा कमाइरहेको बेला कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डोजर फेसनको नक्कल गरेका स्थानीयले बताए । पालिकाले जनघनत्व र सवारीसाधनको ओहोरदोहोर खासै नहुने चवन्नी बजारको सडकलाई कतै ३० , कतै १२ त कतै ६ मिटर बनाउन पक्की संरचनानै भत्काउन तम्सिएपछि स्थानीयहरू आक्रोशित हुनुका साथै बिरोधमा उत्रिएका छन् । स्थानीय कृष्णा थापाले भनिन् नगरपालिकाले स्थानीयसँग समन्वय, छलफल तथा सहमति बिनै एकलौटीरुपमा शासन गर्न थालेको छ । हामीले बारम्बार पालिकामा गएर छलफल तथा समन्वय ...
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

Breaking News 1, कन्चनपुर, घटना, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुुनेमा सोही ठाउँ बस्ने मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन् । उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो । सुशान्तको घटनास्थलमै मृत्युु भएको हो । बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछाममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आइतबार दिउँसो मेल्लेख गाउँपालिका-५ को कौलेनामा ढुङ्गा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोसँगै खसेको ढुङ्गा लागेर सोही ठाउँ बस्ने ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । ४८ वर्षीय भीमबहादुर खड्का भने घाइते भएका छन् । उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज