Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने तयारी छ । यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।...
अमेरिकाबाट थप आठ नेपाली निष्काशित

अमेरिकाबाट थप आठ नेपाली निष्काशित

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
काठमाडौं- अमेरिकाले अवैध रूपमा बसिरहेका नेपालीहरूलाई निष्काशन गर्ने क्रम जारी राखेको छ । पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित भएका छन्। निष्काशनमा पर्नेहरुमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक–एक जना रहेको स्रोतले जनाएको छ । गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्काशन गरेको हो।उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ । उनीहरुमध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो (मेक्सिको) हुँदै अमेरिका पुगेका थिए । उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकामध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिकाले नेपाल डिपोर्ट गरेको हो । डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा शपथ लिएपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएको हो । राष्ट्रपति ट्रम्पले आ...
आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा बायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको छ । यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध ...
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको राति निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका ९७ वर्षीय रिसालको अस्पतालमै उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । लामो समय...
ताप्लेजुङमा ४ महिनापछि हवाई सेवा सुरु

ताप्लेजुङमा ४ महिनापछि हवाई सेवा सुरु

Breaking News 3, ताजा अपडेट, समाचार
ताप्लेजुङ – ताप्लेजुङको सुकेटार विमानस्थलमा झन्डै चार महिनापछि हवाई सेवा पुनः सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान गर्ने नेपाल वायु सेवा निगमका दुई वटा जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम हप्तादेखि नियमित उडान बन्द भएको थियो । गएको शुक्रवार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । काठमाण्डौबाट पाँच जना यात्रु लिएर ताप्लेजुङ पुगेको जहाजले ताप्लेजुङबाट ६ जनालाई काठमाण्डौ फर्किएको सुकेटार विमानस्थलले जनाएको छ । सुकेटर विमानस्थलमा केही वर्षअघि सीता एअर र तारा एअरले पर्यटकीय याममा उडान गरेका थिए । अहिले उनीहरूले सेवा बन्द गरेका छन् । रासस...
बैतडीको दशरथचन्द नगरपालिकाद्वारा नगर वस सञ्चालनमा

बैतडीको दशरथचन्द नगरपालिकाद्वारा नगर वस सञ्चालनमा

Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले तेश्रो स्थापना दिवस तथा २९ औं वार्षिकोत्सवको अवसर पारेर नगर वस सेवा सञ्चालनमा ल्याएको छ। स्थापना दिवसको अवसरमा चैत २२ गते सरसफाइ कार्यक्रम आयोजना गरिनुका साथै, चैत २४ गते नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो। नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय रहेका थिए। नगर उपप्रमुख कौशिला चन्द, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। यसै अवसरमा केही दिनअघि खरिद गरिएको नगर वस सेवाको विधिवत पूजाआजासहित उद्घाटन गरिएको छ। नगर वसलाई गढी क्षेत्रबाट सुरु गरी वडा नं. १ मुस्याचोर, वडा नं. ९ र ११ को सिमानासम्म संचालन गरिएको हो। नगर प्रमुख जोशीले नयाँ वर्षदेखि नियमित रूपमा सेवा सञ्चालन गरिने जानकारी दिँदै भने, “चुनावको बे...
नेपाल अफगानिस्तानसँग १ रनले पराजित

नेपाल अफगानिस्तानसँग १ रनले पराजित

Breaking News 3, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं- नेपालले ३ खेलको युथ ओडीआई सिरिज अफगानिस्तानलाई सुम्पेको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा एक रनले पराजित भएसँगै नेपालले सिरिज अफगानिस्तानलाई सुम्पेको हो । पहिलो खेलमा नेपाल १३० रनले पराजित भएको थियो । दोस्रो खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा १६७ रनमा समेटियो । नेपाललाई जितका लागि ३ बलमा ३ रन आवश्यक थियो । एक विकेट हातमा थियो । अन्तिम बल नो-बल भए पनि दर्श सोनार रनआउट हुँदा एक रनको नमीठो हार व्यहोर्नुपर्‍यो । सोनार ३१ बलमा २१ रन बनाएर आउट भए । नेपालका लागि ओपनर साहिल पटेलले ६४, अभिषेक तिवारीले २४, निरजकुमार यादवले १५ रन र कप्तान नरेन भट्टलृ १३ रन बनाए । बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले समान २-२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १६८ रनमा समेटिएको थियो...
डडेल्धुराको अमरगढीमा सडक बत्ती बिग्रिँदा अन्धकार, सुरक्षा जोखिम बढ्दो

डडेल्धुराको अमरगढीमा सडक बत्ती बिग्रिँदा अन्धकार, सुरक्षा जोखिम बढ्दो

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकामा अधिकांश सौर्य सडक बत्ती बिग्रिएपछि साँझपख सडक र बजार क्षेत्रमा अन्धकार छाउने गरेको छ। २०७४ सालमा १ लाख रुपैयाँ खर्चमा जडान गरिएका १२३ वटा सौर्य बत्तीमध्ये अधिकांश बिग्रिएका हुन्। मर्मत नहुँदा सर्वसाधारण, विद्यार्थी र व्यवसायीहरू प्रभावित छन्। बत्ती नहुँदा हिँडडुल, चोरी तथा डकैतीको जोखिम बढेको स्थानीयको गुनासो छ। प्रहरीका अनुसार अन्धकारले सुरक्षा चुनौती थपेको छ। विद्यार्थी सबिन भट्टराईले बिहान कलेज जाँदा मोबाइलको टर्च बाल्नुपरेको बताए। नगरपालिकाले बजेट अभावका कारण मर्मत गर्न नसकेको जनाएको छ। इन्जिनियर कविन्द्र भट्टका अनुसार बत्ती मर्मतमा करिब १० लाख लाग्नेछ। विगतमा संघीय सरकारबाट बजेट आउँथे, तर अहिले नआएकोले काम रोकिएको हो। सर्भे भइरहेको र बजेट आएपछि मर्मत थालिने जनाइएको छ।...
बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नरेश बिष्ट बझाङ- बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद, बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ केदारस्यूँ गाउँपालिका ९ झोतामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको हो । जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहनुभएको थियो। प्रतियोगिता उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं १ का प्रदेशसभा सदस्य दमन बहादुर भण्डारी रहनुभएको थियोे । कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुख , वडाध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद...
बान्नीकी चैतलीको अवसरमा बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने

बान्नीकी चैतलीको अवसरमा बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने

Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सुदूरपश्चिमको धार्मिक तथा ऐतिहासिक चर्चित बान्नीकी चैतली मेलाको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ मा लाग्ने उक्त मेलाको अवसरमा आदर्श युवा क्लब बान्नीकोटले बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार ६२० र द्वितीय टिमले ३५ हजार ६२० प्राप्त गर्नेछन् । टिम दर्ता समय २७ गते १२ बजेसम्म रहेको छ, भने खेल सोही दिन १ बजेबाट सुरु हुनेछ । टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ। उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि विशेष पुरस्कार प्रदान गरिने क्रिकेट संयोजक हिक्मत बोहराले जानकारी दिए । छ। टिम दर्ता गर्दा आफू बडामा बसोबास गरेको प्रमाण खुल्ने कागज अनिवार्य पेस गर्नुपर्नेछ। बान्नीकी चैतली मेलाको किंवदन्ती यो मेला हरेक वर्ष चैत शुक्ल त्रयोदशीका दिन बान्निकोटमा लाग्न...
सगरमाथा चढ्नका लागि ७७ जनाले लिए अनुमति

सगरमाथा चढ्नका लागि ७७ जनाले लिए अनुमति

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाण्डाै– आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ । यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ वटा किला ठोकिसकिएको विभागका निर्देशक लीलाधर अवस्थीले बताउनुभयो । दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको बाटो बनाउने काम गरिरहेको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्...
घोडाघोडी क्याम्सपको स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक गौतम

घोडाघोडी क्याम्सपको स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक गौतम

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन्। क्याम्पसले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार गौतमले ६७० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का गणेश भण्डारीले ४२८ मत प्राप्त गरे। शनिबार सम्पन्न निर्वाचनमा भण्डारी नेतृत्वको प्यानलले अखिल क्रान्तिकारीसहित अन्य तीन विद्यार्थी संगठनको संयुक्त प्यानल बनाएको थियो। उक्त संयुक्त प्यानलविरुद्ध अनेरास्ववियुका गौतम नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतको समर्थनमा उम्मेदवार बनेका थिए। त्यस्तै अनेरास्ववियुका यामबहादुर खत्रीले छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। सचिव पदमा नेविसंघका प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियु (एकीकृत समाजवादी निकट) का भुवनराज जैसीले ४९० मत प्राप्त गरे।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज