धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुर स्थित माया मेट्रो हस्पिटल प्रालि र बझाङको सुनकुडा क्याम्पसबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
आज सम्पन्न सम्झौतामा हस्पिटलका निर्देशक डा. मोहन साउद र सुनकुडा क्याम्सका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष कपिल विष्टले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, सुनकुडा क्याम्सका विद्यार्थीहरूले हस्पिटलमा गरिने विभिन्न उपचार सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यस सम्झौताबाट दुवै पक्षले विद्यार्थीहरूलाई उत्तम स्वास्थ्य सेवा र सुलभ पहुँच प्रदान गर्ने अपेक्षा राखेका छन्।

