धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ परेका युवक पीडित बालिकाका काका पर्ने २४ वर्षीय शिवम् शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार शाहले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई आइतवार राति पक्राउ गरिएको हो। अस्थायी प्रहरी पोस्ट बिशालनगरबाट खटिएको प्रहरी टोलीले शाहलाई नियन्त्रणमा लिएको हो।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यतिबेला पीडित बालिका मानसिक तनावमा रहेको जनाइएको छ भने पीडितको सुरक्षाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।

