यू–१६ इस्ट जोन कप : नेपाल आज भुटानसँग भिड्दै
काठमाण्डौ— एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ७:४५ बजेबाट सुरु हुनेछ।
यसअघि खेलेका तीनै खेलमा विजयी रहँदै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहन सफल भएको छ र सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अंकसहित सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’बाट आयोजक मलेशिया र हङकङले अन्तिम चारमा स्थान बनाएका छन्।
नेपालले आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियालाई ४२१ रनको विशाल अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा १० राष्ट्र सहभागी छन्। समूह ‘ए’मा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’मा मलेशिया, हङकङ, माल्दिभ्...










