काठमाडौँ— एसईईको पूरक परीक्षा आउँदो साउन २९ गतेदेखि सुरु हुने भएको छ। पूरक परीक्षा भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
हिजो सार्वजनिक नतिजामा ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका विद्यार्थीहरूले परीक्षा दिन पाउने छन्। बोर्डका अनुसार परीक्षा पुरानै प्रवेशपत्रबाट दिन सकिनेछ।
त्यसैगरी, नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न वा उत्तरपुस्तिका पुनः परीक्षण गराउन असार २३ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सक्नेछन्।



