Advertisement

केदारस्यूँ–३ मैतोलीमा बृहत वृक्षारोपण: २५ हजार भेटिभरसहित ३ हजारभन्दा बढी बिरुवा रोपाइँ

Advertisement

बझाङ— बझाङको केदारस्यूँ गाउँपालिका–३, मैतोलीको पहिरो प्रभावित क्षेत्रमा बृहत वृक्षारोपण गरिएको छ । दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत सम्पन्न कार्यक्रममा २५ हजार भेटिभरसहित ३ हजारभन्दा बढी बिरुवा रोपिएको हो।
वृक्षारोपण कार्यक्रम दलित सहयोग समाजको नेतृत्वमा तथा केदारस्यूँ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रको समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रम अन्तर्गत २५ हजार भेटिभर बिरुवासँगै बाँस ६००, पीपल २००, बैँस ३००, कोइरालो ३००, अमला ५०, लालुपाते ५०, कपुर ५०, सल्ला ५०, रिठा ३०० र किम्बु १५० गरी करिब ३ हजार अन्य बिरुवाहरू रोपिएको दलित सहयोग समाजले जानकारी दिएको छ।
कार्यक्रमको अध्यक्षता केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बोहराले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठी, डिभिजन वन कार्यालय प्रमुख सम्भु प्रसाद तिवारी, कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरु, सशस्त्र प्रहरी डिएसपी दुर्गा प्रसाद भट्ट, नेपाल प्रहरी डिएसपी युवराज भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका डिएसपी भगिरथ बहादुर चन्द र पत्रकार महासंघ अध्यक्ष डि.बि. बिष्ट विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
वृक्षारोपण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बोहराले पहिरो जोखिम न्यूनीकरण र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान ऐतिहासिक भएको बताउँदै भने,
“यस्तो कार्यक्रमले वातावरण संरक्षणसँगै जनजीविकामा समेत सकारात्मक असर पार्नेछ।”
यस्तै प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले
“स्थानीय निकाय र संघसंस्थाबीचको सहकार्यले यति ठूलो प्रयास सम्भव भएको हो। यसले दीर्घकालीन प्रभाव पार्नेछ,” भन्दै पहिरो जोखिममा रहेका बस्तीहरूलाई यसले सुरक्षा दिने उल्लेख गरे।
डिभिजन वन कार्यालय प्रमुख सम्भु प्रसाद तिवारीले भने
“वृक्षारोपण मात्र होइन, यसको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ,” भन्दै प्राविधिक सहयोगका लागि तयार रहेको बताए।
उता कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरुले
“यस परियोजनाबाट सुरु भएको प्रयासले सामुदायिक सहकार्य र वातावरणीय चेतना फैलाउन योगदान पुर्याउँछ,” भने।
परियोजना संयोजक रमेश बहादुर मालीका अनुसार,
“यो वृक्षारोपण परियोजनाको एक महत्वपूर्ण अभ्यास हो, जसले दिगो वातावरण संरक्षण, आयआर्जन र समुदायको सशक्तिकरणमा योगदान पुर्याउँछ।” उनले आगामी दिनमा वृक्षारोपण क्षेत्रको नियमित अनुगमन, संरक्षण तथा सामुदायिक स्वामित्व सुनिश्चित गरिने जानकारी पनि दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज