Advertisement

संविधान र संघीय कानुनमाथि प्रहार गर्दै सुदूरपश्चिमको ‘स्थानीय सेवा ऐन’ : हान को चेतावनी

Advertisement

धनगढी,  असार सुदूरपश्चिम प्रदेश सभाले हालै पारित गरेको ‘सुदूरपश्चिम स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ प्रति तीव्र असन्तुष्टि जनाउँदै हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल  (हान) सुदूरपश्चिम प्रदेशले आन्दोलनको चेतावनी दिएको छ। संघको आरोपमा उक्त ऐनले नेपालको संविधान, संघीय कानुन र लोक सेवा प्रक्रियाको धज्जी उडाउँदै केही निश्चित कर्मचारी समूहको स्वार्थपूर्ति गर्ने गरी ल्याइएको छ।

हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (HAAN), सुदूरपश्चिम प्रदेश का अनुसार नेपालको संविधानको धारा ५७(६) मा प्रदेश, गाउँसभा वा नगरसभाले बनाउने कानुन संघीय कानुनसँग नबाझिनुपर्ने प्रष्ट व्यवस्था भए पनि उक्त ऐनले यसलाई उल्लंघन गरेको छ। ऐनको दफा ९(४) मा “संघीय स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो, पाँचौं र छैटौं तहका कर्मचारीमध्ये ५ वर्ष सेवा पुरा गरेकालाई एकपटकका लागि एक तह वृद्धि गर्ने” व्यवस्था गरिएको छ।

अहेवलाई ‘जन स्वास्थ्य अधिकृत’ बनाउने खेल

संघले सबभन्दा ठूलो आपत्ति स्वास्थ्य शाखामा नेतृत्व गर्ने ‘जन स्वास्थ्य अधिकृत’ जस्तो संवेदनशील पदलाई स्वास्थ्य सेवा चौथो तहबाट सेवा प्रवेश गरेका कर्मचारीलाई तह वृद्धि गरी दिन खोजिएकोमा जनाएको छ। स्थानीय तहहरूले नियमावली नबनाउँदै सात दिने सूचना निकालेर र समयअवधि नसकिँदै रातारात अहेवहरूलाई सातौं तह ‘जन स्वास्थ्य अधिकृत’को जिम्मेवारी दिने काम भइरहेको संघको आरोप छ।

त्यसरी अहेवलाई तह वृद्धि गरी जनस्वास्थ्य अधिकृत बनाइँदा पाँचौं तहबाट सेवा प्रवेश गरेका र स्नातक उपाधि प्राप्त कर्मचारीको अवमूल्यन भएको र उनीहरूकाे मनोबल गिरेको संघले जनाएको छ। स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार चौथो तहबाट सातौं तहसम्म जान पाउने व्यवस्था नै नरहेको अवस्थामा प्रदेशले मनपरी गरेको भन्दै संघले मुख्यमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएको छ।

सामान्य प्रशासन र लोक सेवा मर्ममाथि प्रहार

हानका अनुसार स्थानीय तहमा दरबन्दी संरचनाअनुसार ‘जन स्वास्थ्य अधिकृत’ जस्तो पद लोक सेवा आयोगको परीक्षा र प्रक्रिया पुरा गरेका योग्य जनशक्तिका लागि हो। तर यो ऐनले लोक सेवा आयोग र शैक्षिक योग्यताको मर्यादा ह्रास गर्ने गरी एकै समूहलाई मात्रै फाइदा हुने गरी नियम बनाएको र पदस्थापनमा द्वन्द सिर्जना भएको जनाएको छ।

सेवा ठप्प पार्ने चेतावनी

हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (HAAN), सुदूरपश्चिम प्रदेश ले  ऐन तत्काल संशोधन गरेर गैरकानुनी तह वृद्धि र पदस्थापन रोक्न माग गर्दै यस विषयमा गम्भीर ध्यान नदिइएमा ससक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। संघले आन्दोलनका क्रममा अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहका स्वास्थ्य शाखाहरुको सेवा समेत ठप्प पार्न बाध्य हुने चेतावनी दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज