बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढ्यो, धरमघर विजयपुर सडक खण्ड भने ठप्प
हरिशचन्द्र भाट
बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढेको छ । पूर्वाधार कार्यालयबाट निर्माण हुन लागेको उक्त सडकमा प्रदेश सरकारबाट ३० लाख बजेट आएको थियो ।गाउँपालिकाको केन्द्रसम्म नै पु¥याउने उदेश्यका साथ अघि बढाइएको सडक यसअघि बिचमै रोकिएको थियो । पुनः प्रदेश सरकारले बजेट बिनियोजन गरेसँगै निर्माण कार्य अघि बढेको गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवँरले जानकारी दिए ।हिजो एक कार्यक्रमका बीच उद्घाटन पनि गरिएको थियो ।उक्त सडक निर्माण भएपछि वडा नं ५ को बोहोरीगाउँ, काक्स्याली, सिमार हुदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने लक्ष्य राखिएको छ ।
हालकै बजेटले गाउँपालिकाको केन्द्रसम्म नपुगेपछि आगामी वर्षको बजेटले गाउँपालिकाको केन्द्रसम्म नै पुग्ने अध्यक्ष अम्मर बहादुर कुवँरले बताए । बभिन्न वडाबाट गाउँपालिकाको केन्द्रसम्म नै सडक निर्माण हुन लागेको छ ।
यस्तै...









