बझाङ : बझाङको साईपाल गाउँपालिकामा आज दिउँसो भिरबाट लडेर एक महिला घाइते भएकी थिइन् ।
प्रहरीका अनुसार जिल्लाको साइपाल गाउँपालिका–३ की २६ वर्षीया रमा बोहरा घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्।
भिरबाट खसेपछी घटनास्थलबाट उनको घर पुर्याईएकी बोहरालाई अहिले नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि जिल्ला बाहिरी लगिएको अध्यक्ष मानबिर बोहराले बताए । घाईते रमालाई गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकोप्टरबाट उद्वार गरिएको हो !