लेखक तथा सर्जक : सत्य उपाध्याय बिजया
गजल
संगै हुन लेखिन्न जसको सुख संग पीर संग
नहुदो रहेछ भएर प्यार उसको तस्वीर संग
तिमि दुश्मनलाइ पराजित गर्ने सोचिरहेछौ
मैले सकेको छैन जित्न आफ्नै तक्दिर संग
तेस्तै बनाउन सक्दैनौ र हामिले पनि हाम्रो
जस्तो प्रेम छ मुर्तिको फुलसंग अबिर संग
क्षमता हो जहिल्यै डराउने सानो बस्तु संग
रहर कहिल्यै डराउन्न मैदान संग भिर संग
कसरि जिन्दगी मिल्छ साथ मिल्छ भन्नुस
मन मिल्दैन बिचार मिल्दैन यि अमीर संग
बझाङको माटोमा जन्मिएकी साहित्यकार सत्य उपाध्याय विजया गजल, मुक्तक, कविता तथा अन्य साहित्यका विधामा पनि कलम चलाउनुहुन्छ ।


