Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
सातदोबाटोमा यात्रुबाहक बसमा लाग्यो आगो

सातदोबाटोमा यात्रुबाहक बसमा लाग्यो आगो

समाचार
काठमाण्डौँ – ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ। शनिबार अपराह्न पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक बस पकेटमा रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार अचानक विद्युत सर्ट भई आगलागी भएको हो। उक्त बसमा अचानक आगलागी भएपछि प्रहरी र ललितपुर महानगरपालिकाबाट दमकल झिकाइएको थियो।  ...
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

समाचार
धनगढी – कैलाली र बाँकेबाट २७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका-१ पशुपती टोल स्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१६ स्थित खेतमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ६१ रूपैयाँ, लङगुर बुर्जा खेलाउने गोट्टी १ सेट र ८ गड्डी तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ४ थान मोटरसाइकल, १ थान स्कुटर र १२ ...
चितवनमा हिरासतमा रहेका एक थुनुवाको मृत्यु

चितवनमा हिरासतमा रहेका एक थुनुवाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
चितवन । चितवनमा आज बिहान हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।   आज बिहान ४ बजेर ४५ मिनेटमा इलाका प्रहरी कार्यालय रत्ननगरस्थित टाँडीको हिरासतमा रहेका रत्ननगर-१३ बस्ने वर्ष ४५ को महमद क्यामोदिन थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका हुन् । उनलाई त्यसपछि उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालले बिहान ६ बजे क्यामोदिनलाई मृत घोषणा गरेको हो । आपराधिक मुद्दामा उनलाई कार्तिक १ गतेबाट ५ म्याद थप गरेर हिरासतमा राखिएको थियो ।...
सहकर्मीलाई धम्क्याउने धौलागिरि अस्पतालका डाक्टरले मागे माफी

सहकर्मीलाई धम्क्याउने धौलागिरि अस्पतालका डाक्टरले मागे माफी

समाचार
बागलुङ —अस्पतालमा कार्यरत सहकर्मी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई धम्क्याउने धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् । पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाइ शाहले केही दिनअघि निधारमा गोलीको टिका लगाइदिने धम्की दिएका थिए । उक्त धम्की दिएपछि काम गर्न असहज भएको भन्दै सुरक्षा मागेर प्रशासनमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले सुरक्षाको प्रत्याभूति दिने भन्दै आश्वास्त पारेका थिए । प्रशासनमै भएको सर्वपक्षीय बैठकमा शाहले लिखित माफी मागेका हुन् । अत्यावश्यक सेवा भएकोले चिकित्सक र स्वास्थ्यकर्मीले पनि आन्दोलन छाडेर काममा फर्केका छन् । प्रजिअ सुवेदी सहित अस्पताल व्यवस्थापन समितिका अध...
रास्वपा सभापति रबिलाई पक्राउ पुर्जी जारि, लामिछाने भन्छन्, ´सरकार मर्यो´

रास्वपा सभापति रबिलाई पक्राउ पुर्जी जारि, लामिछाने भन्छन्, ´सरकार मर्यो´

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई  बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’ रास्वपा सभापति लामिछानेको स्टाटस...
कैलालीको घोडाघोडिमा सामुदायिक वन अतिक्रमण गरि लगाईएको धान काटियो

कैलालीको घोडाघोडिमा सामुदायिक वन अतिक्रमण गरि लगाईएको धान काटियो

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ । अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौराले जानकारी दिए । सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी धान बाली लगाइएको थियो । अतिक्रमण नगर्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको उनको भनाइ छ । अध्यक्ष डगौँराका अनुसार उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ । धान बाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो । सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दै आएको थियो । सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।...
डडेल्धुरा आरती हत्या प्रकरण : पोस्टमार्टम रिपोर्टले के भन्छ ?

डडेल्धुरा आरती हत्या प्रकरण : पोस्टमार्टम रिपोर्टले के भन्छ ?

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: डडेल्धुरामा मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका थिए। अहिले उनीमाथि थप अनुसन्धान जारी छ। प्रहरीले अहिले पोस्टमार्टम रिपोर्ट आइसकेको र थप रगत, कपाल तथा भेजाइनल स्वाव परीक्षणका लागि पठाइएको जनाएको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या भने आफूले गरेको स्वीकारेका छन्। पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल सञ्चालन गरिरहेका भण्डारीले पसलभित्रै किशोरीको शनिबार हत्या गरेको स्वीकार गरेका हुन्। आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गर्नुको कारण भने अझै नखुलेको बताइन्छ। तर स्थानीयले किशोरीको बलात्कारपछि हत्या गरिएको ...
पाकिस्तानले दाेस्राे टेस्टमा इङ्गल्यान्डलाई १ सय ५२ रनले हरायाे

पाकिस्तानले दाेस्राे टेस्टमा इङ्गल्यान्डलाई १ सय ५२ रनले हरायाे

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
काठमाण्डाै – इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान १ सय ५२ रनले विजयी भएको छ । पाकिस्तानले घरेलु मैदानमा ११ टेस्ट खेलपछि पहिलो जीत हासिल गरेको हो । पाकिस्तानले दिएको दुई सय ९७ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्ड चौथो दिनको खाना समयअघि १ सय ४४ रनमै अलआउट भयो । दोस्रो पारीमा इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले सबैभन्दा धेरै ३७ रन बनाए । पाकिस्तानका नोमान अलीले ८ विकेट लिए । दोस्रो पारीमा पाकिस्तानले सलमान अघाको अर्धशतकको मद्दतमा २ सय २१ रन बनाए । इङ्गल्यान्डका शोएब बशिरले ४ विकेट लिए । घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा कमरन गुलामको शतक र सइम अयुबको अर्धशतकको मद्दतमा ३ सय ६६ रन बनाएको थियो । इङ्गल्यान्डका ज्याक लिचले ४ विकेट लिए । यस्तै इङ्गल्यान्डले पहिलो पारीमा बेन डकेटको शतकको मद्दतमा २ सय ९१ रन बनाएको थियो । पाकिस्तानका सजिद खानले ७ विकेट ...
विपद् प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन शुरू

विपद् प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन शुरू

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाण्डाै – सरकारले गएको असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन शुरू गरेको जनाएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजकाे बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले भौगर्भिक अध्ययन भइरहेको र ३४ वटा पालिकाको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक, झापा, महोत्तरीलगायतका ४९ ठाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृहसचिव दवाडीले विपद् पूर्वतयारी, खोज, उद्धार र राहतका लागि पालिकामा स्वयंसेवक ब्युरो गठन गरिएको र अहिलेसम्म ब्युरोमा एक लाख एक हजार दुई सय ८८ जना स्वयंसेवक दर्ता भइसकेका बताउनुभयाे । बैठकमा सांसदहरूले सरकारले प्रकोपको सामना गर्न बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । असोज महिनामा आएको बाढी पहिरो प्रभावितहरू...
पूर्वाधार र अस्पतालको क्षमता नहुँदा नेपालमा अंग प्रत्यारोपण कठिन

पूर्वाधार र अस्पतालको क्षमता नहुँदा नेपालमा अंग प्रत्यारोपण कठिन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
काठमाडौं । शरीरका अंग फेल भएर अहिले पनि नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । तर अंग प्रत्यारोपण गर्ने सहज सुविधा छैन । मिर्गौलाको प्रत्यारोपणको १२ वर्ष र कलेजो प्रत्यारोपणको ८ वर्षे इतिहास भए पनि मागअनुसार सेवा प्रवाह हुन सकेको छैन । राजधानी केन्द्रित सीमित अस्पतालमा सेवा उपलब्ध छ । तर क्षमता भने मागभन्दा निकै कम छ । सरकारले सेवा विस्तार र अस्पतालको क्षमता विकासमा ठोस पहल गरेको छैन ।काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भयो । पाँच वर्षमा यहाँ जम्मा १५ जनामा मात्र कलेजो प्रत्यारोपण भएको छ । पछिल्लो २ महिनादेखि त प्रत्यारोपण नै भएको छैन । त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारीभने आफूहरू तयार रहे पनि बिरामीहरू आफूकहाँ नाआएको बताउनु हुन्छ । ‘हामीकहाँ बिरामी नआएरै हो । नत्र हामी रेडी छौँ । भोलिका दिनमा हामीले विशेषगरी...
सुदूरपश्चिममा निर्वाचन क्षेत्र हेर्ने गरी माओवादी नेताहरुको कार्यविभाजन

सुदूरपश्चिममा निर्वाचन क्षेत्र हेर्ने गरी माओवादी नेताहरुको कार्यविभाजन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, विभिन्न विभाग तथा जनवर्गीय संगठनका मोर्चाहरुमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेका हुन्। माओवादीले नौवटै जिल्लाका संघ र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी नेताहरुको जिम्मेवारी तोकेको छ। कैलाली क्षेत्र नम्बर १ मा तिलक परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र क्षेत्र नम्बर ५ मा ओमप्रकाश पुनलाई जिम्मेवारी दिइएको छ। प्रदेश इन्चार्ज पोखरेलले पार्टी कमिटीहरुलाई जारी गरेको सर्कुलरअनुसार डोटीमा संघीय निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, डडेल्धुरामा कुन्ती जोशी, बैतडीमा नरेन्द्रबहादुर कुँवर, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मिनबहादुर कुँवर र बाजुरामा कर्णबहादुर बिकलाई जिम्मेवारी दिइएको छ। पार...
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४० जनाको ज्यान गयो

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४० जनाको ज्यान गयो

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ताजा अपडेट
उत्तरी नाइजेरियामा भएको इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको ज्यान गएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ  । नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका  बेला भएको यो दुर्घटनाले थप क्षति गरेको बताएको छ । दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्न थालेपछि ठूलो मानवीय क्षति व्यहोर्नु परेको नाइजेरियाका प्रहरीले बताएका छन् । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभएको खबरमा उल्लेख छ । राष्ट्रपति बोला अहमद टिनुबुले गएको वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । त्यहाँ पेट्रोल प्रा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज