चितवन । चितवनमा आज बिहान हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
आज बिहान ४ बजेर ४५ मिनेटमा इलाका प्रहरी कार्यालय रत्ननगरस्थित टाँडीको हिरासतमा रहेका रत्ननगर-१३ बस्ने वर्ष ४५ को महमद क्यामोदिन थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका हुन् ।
उनलाई त्यसपछि उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो । अस्पतालले बिहान ६ बजे क्यामोदिनलाई मृत घोषणा गरेको हो ।
आपराधिक मुद्दामा उनलाई कार्तिक १ गतेबाट ५ म्याद थप गरेर हिरासतमा राखिएको थियो ।

