Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
बस दुर्घटना : एकै परिवारका चारजनाको मृत्युु

बस दुर्घटना : एकै परिवारका चारजनाको मृत्युु

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी: डडेल्धुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडी ठेगाना भएका ४५ वर्षीया जयमति बोहरा, उनका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय सहदेव बोहरा रहेका छन्। बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी नगरपालिका–१, हाट जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मङ्गलबार राति ११ः४५ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । बसमा १८ जना सवार थिए। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्...
दशैँका भावुक दृश्य: एउटा मन छुने अर्को मन नै बिथोलिने

दशैँका भावुक दृश्य: एउटा मन छुने अर्को मन नै बिथोलिने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
सामाजिक सञ्जालमा कसैले साझा गरेको त्यो भिडियो संभवतः हेर्न सक्नुहुन्न, यदि तपाईंमा करुणा, प्रेम, चेतना र विवेक छ भने । दृश्य कस्तो भने, गाउँमा ‘दशैं मेला’ लागेको छ । त्यहाँ गाउँभरका मान्छे ओइरिएका छन् । यस्तो लाग्दैन उनीहरू किनमेल र स्वस्थ मनोरञ्जनका लागि त्यहाँ भेला भएका हुन् । किनभने त्यो भीड एउटा प्राणीमाथि यति निर्मम र उच्छृंखल देखिन्छ, जुन दृश्य हेर्दा मन विचलित हुन्छ । त्यहाँ एउटा राँगोलाई भीडमा छाडिएको छ । त्यो अबोध प्राणी भीडसँग डराएर यताउता भाग्न खोज्छ । तब उपस्थित भीड उसमाथि एकसाथ जाइलाग्छ । डरलाग्दा हतियार, भाला, लट्ठी बोकेर उनीहरू राँगोलाई लखेट्न थाल्छन् । राँगो बारीको कान्लाहरूमा दौडन्छ । तर, चारैतिर घेरा हालेका मानिसहरूले उसलाई उम्कन दिंदैनन् । कसैले यताबाट लखेट्छन्, कसैले उताबाट । भाग्दा–भाग्दै थाकेको राँगोलाई कसैले ठूल्ठूला ढुंगाले हिर्काउन थाल्छन्, कसैले लट्ठीले र कस...
पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि बिहीबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
राजनीति, समाचार
काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअघि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अन्तरङ्ग कुराकानी भएको छ । मंगलबार नेकपाको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा दुई शीर्ष नेताबिच एक घण्टा लामो कुराकानी भएको हो । काम विशेषले कपिलवस्तु गएका बेला विप्लवलाई भेट्न शर्मा शिवगढी पुगेका थिए । छलफलमा पार्टी एकता र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजाने विषयमा सकारात्मक कुराकानी भएको महासचिव विप्लवले रातोपाटीसँग बताए । तर माओवादीले संस्थागत निर्णय नगरी अहिले नै एकता भइहाल्छ भन्ने अवस्था छ भनेर बुझ्न नहुने उनको तर्क छ । ‘प्रभाकरजी काम विशेषले यहाँ आउनुभएको थियो । भेटघाट गरौँ भन्ने कुरा भयो, भेट्यौँ । कुराकानी राम्रो भएको छ । पहिलो कुरा देशमा जुन जटिल खालको राजनीतिक परिस्थिति बनेको छ । त्यसब...
गाईसँग माेटरसाइकल ठोक्किँदा एकको मृत्यु

गाईसँग माेटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार
सुर्खेत – वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-८का ५० वर्षीय महेश पौडेल रहेका छन्। सुर्खेत प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर भे५प ४०४२ नम्बरको उनको मोटरसाइकल वीरेन्द्रनगरकाे कालुङचोकमा गाईसँग ठोक्किएको थियो। दुर्घटना लगत्तै उनलाई प्रदेश अस्पताल लगिएको थियो । राति ८ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।    ...
१६ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार
बर्दिया - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधवार देखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्निया घाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो  । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ...
झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गयो

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गयो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – झापामा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको ज्यान गएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । यो दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि रहेका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यस्तै कमल–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुम...
दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले : आज पनि मान्यजन

दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले : आज पनि मान्यजन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौ – दशैँका लागि गाउँघर पुगेका फर्किनेक्रम शुरु भएको छ । आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको छ । तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ । गएको असोज १०, ११ र १२ गतेको बाढी/पहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् । तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् । यसैबीच आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । अस्ति विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी ...
आज यिँ प्रदेशमा हुनेछ वर्षा

आज यिँ प्रदेशमा हुनेछ वर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २९...
डडेल्धुराकि १४ वर्षिय आरतिको घाँटी थिचेर हत्या, यसरी भएको थियो घटना

डडेल्धुराकि १४ वर्षिय आरतिको घाँटी थिचेर हत्या, यसरी भएको थियो घटना

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो। डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। ‘घटनास्थल नजिकै टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन्। डिए...
बेलायतमा सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’ मा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’ मा नेपाली सेनालाई स्वर्ण पदक

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
तस्बिर : नेपाली सेना काठमाण्डौ – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बेलायतसहित ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको अभ्यासमा सहभागिता थियो । सन् १९६० देखि  सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको हो । दुई दिनभित्र हतियारसहित झन्डै ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतको दक्षता परीक्षणका आधारमा मूल्याङ्कन हुने गरेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाले सन् २...
बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं । बाढीपहिरोको दुई साताबित्दा पनि सरकारले क्षतिग्रस्त विद्यालयको विवरण नै संकलन गर्न सकेको छैन । दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको शिक्षा मन्त्रालयको प्रारम्भिक आकलन छ । दशैंपछि अस्थायी सिकाई केन्द्र-टीएलसी निर्माण गरेर ती विद्यालयको पठनपाठन पुन: सञ्चालन गर्ने योजना शिक्षा मन्त्रालयको छ । क्षति पुगेका विद्यालयको मर्मत र अस्थायी टहरा निर्माणका लागि सरकारले ५४ करोड बजेटको व्यवस्था गरेको छ । यही असोज ११ र १२ गतेको बाढीपहिरोबाट २८ जिल्लाका करिब दुई सय शिक्षण संस्थामा क्षति पुगेको प्रारम्भिक विवरण छ । तीमध्ये पूर्णरुपमा क्षतिग्रस्त विद्यालय दुई दर्जनभन्दा बढी छन् । तर बाढीपहिरो गएको दुईसाता बित्दासमेत शिक्षा मन्त्रालयले काठमाडौंसहित प्रभावित जिल्लाको विवरण नै संकलन गर्न सकेको छैन् । क्षतिग्रस्त विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्र-टीएलसी निर्माण गरि चाडपर्वलगत्तै...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज