देशकै कान्छा रास्वपा सभापति सत्यराजकाे राजनितिक संघर्ष
सुरेन्द्र खत्री बझाङ ।
उमेरले हेर्दा कलिलो तर जिम्मेवारीले अब्बलमा कहलिन्छन् सत्यराज उपाध्याय , २८ वर्षीय उपाध्याय अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बझाङ जिल्ला सभापति हुन् ।
अब फर्कियौ उनको बाल्यकाल तर्फ
गाउँमा दादुरा लागेर धेरै बालबालिकाहरुको मृत्यु हुने गर्थ्यो । त्यसै महामारीको समय २०५४ सालमा सत्यराज उपाध्यायको जन्म भयो । उनको जन्महुदाँ परिवार खुशी पनि थिए र दु:खी पनि । किन भने त्यो बेला जन्माउन सकिन्थ्यो तर दादुरा बाट बालबालिका बचाउन निकै गारो हुन्थ्यो । २०५७ साल तिरको कुरा हो,, उनी ३ वर्षको थिए होला त्यो समयपछि उनको घरमा ठुलो बाढी आएर क्षती बेहोर्नु पर्यो । सम्पन्न परिवारका उनको पैसा घर , खेत , जग्गाजमिन बाढीले क्षती गरेपछि परिवारले शुन्य बाट सङ्घर्ष गर्नु परेको उनले भने । त्यो पिडा सेलाउन नपाउँदै फेरि उनकी आमा भिर बाट लडेर ५/६ वर्षको उमेरमै आमा गुमाउन पुगे सत्यराज ...












