Advertisement

सीप तथा रोजगार मेलामा २५ जनालाई बेतबाँसको तालिम,,स्वरोजगार बन्ने सहभागिको अपेक्षा

Advertisement

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा सीप तथा रोजगार मेला जारी छ । स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य सहित धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेला खुलामञ्चमा चलिरहेको छ

उक्त मेलामा २५ जनालाई बेतबाँसको तालिम दिइदै आएको छ ।
रोजगार ब्यवसायी महासंघ सगंको सहकार्यमा उपमहानगरपालिकाले बिभिन्न २९ बिधामा तालिम दिइरहेको छ । सोही मेलामा उपमहानगरले २२ जना महिला र ३ जना पुरुषलाई बेतबाँसको तालिम दिइरहेको हो । हालसम्म तालिममा सहभागीहरुले मुडा, र्याक लगायतका सामग्री बनाउन सिकिसकेका छन् ।

घर आगन तथा जगंलमा रहेको बेतबाँसको उपयोग नगरी बिभिन्न ठाउँमा काठबाट भनेका कुर्सी टेवल प्रयोग गर्ने प्रचलन बढ्दो छ । आफ्नै ठाउँमा रहेको बेतबाँसको प्रयोग गर्न नजान्दा घरमा आवश्यक पर्ने फर्निचरका लागी महगों शुल्क तिर्नुपर्ने बाध्यता छ । यसै बाध्यतालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेलामा बेतबाँसको तालिम दिइरहेको छ ।

हामी उत्तिकै घरमा बसिरहेका थियौँ धनगढी उपमहानगरपालिकाले निशुल्क सिप सिक्ने अवशर दियो र सहभागी भएका छौँ धनगढी उपमहानगरपालिका ७ की लक्ष्मी हमालले भनिन् “आफ्नै ठाउामा पनि केही गर्न सकिने रहेछ भन्ने यो १४ दिनको तालिमले आभास भएको छ, एकदमै राम्रा प्रशिक्षकले तालिम दिइरहनुभएको छ, ३० दिनमा हामी बेतबाँसका धेरै सामग्री बनाउन सक्छौँ, त्यसपछि बेतबाँस उपलब्ध भए घरमै ब्यवसाय शुरु गर्ने सोच बनाएकि छु ।”

बेतबाँसमा इच्छा भएका २२ जना महिला र ३ जना पुरुषले यो तालिम लिइरहनुभएको छ प्रशिक्षक ललिता चौधरीले भनिन् “यहाँबाट तालिम लिइसकेपछि उनीहरूको सिप र क्षमता अनुसार मासिक आम्दानी समेत गर्ने छन्, मेलामा ३० दिन तालिम लिएकाहरूले प्रयोगात्मक अभ्यासहरू भने गर्नुपर्ने, स्वरोजगारका लागि अभ्यास चाहिन्छ, निरन्तरता दिन आवश्यक हुन्छ, प्रयोगात्मक अभ्यासका लागि कुनै संस्थासँग अवध हुनुपर्ने हुन्छ। दक्ष भएपछि काम अनुसारको मूल्य पाउने हो, आम्दानी उनीहरूको हातको कुरा हो ।”
फागुन ८ गतेबाट शुरु भएको सिप तथा रोजगार मेला चैत ८ गतेसम्म सञ्चालन हुने छ । मेलामा बिभिन्न २९ बिधाका तालिम सञ्चालन भइरहेका छन् । मेलाको अवलोकनका लागी अन्य स्थानिय तहका जनप्रतिनिधी, सरकारी एवं गैर सरकारी निकायलाई समेत आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज