धनगढी- कैलालीमा रहेको रघुनाथ आदर्श (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका-७ बौनियाँमा रहेको रघुनाथ आदर्श (प्राविधिक) माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको हो ।
शुक्रबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बोहराको अध्यक्षतामा भएको वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य बुद्धिसागर चौधरी रहनु भएको थियोे ।
वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा विभिन्न कला भेषभुषा, सांस्कृतिक प्रदर्शनी ,नृत्य , देउडा आयोजना गरिएको थियोे।
हाम्रो लोक संस्कृति र परम्परागत कलालाई जोगाइ राख्न देउडा खेल र अन्य थारु संस्कृति आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बोहराले बताए ।
उनलेे भने यी कार्यक्रमले विभिन्न सामाजिक तहका मानिसहरूलाई सामूहिक रूपमा सहभागी हुँदा, समाजमा भाइचारा, सहकार्य र एकताको भावना बढ्छ जसले समुदायलाई अझ मजबुद बनाउँछ।
त्यस्तै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचान र परम्पराको महत्त्व बुझाउन देउडा र थारु संस्कृति झल्काउने कार्यक्रमले ठूलो भूमिका खेलेको अध्यक्ष बोहराको भनाइ छ ।
कार्यक्रममा बालकक्षा देखि १२ सम्म साधारण र प्राविधिक गरि दुवै तर्फका परिक्षामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थी र अतिरिक्त क्रियाकलाप तर्फका प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका शिक्षक रामलखन डगौरा थारुले जानकारी दिए ।
।
उनका अनुसार यसैगरी ७ जना कर्तब्यनिष्ट शिक्षकलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियोे , भने पत्रकारलाई पनि प्रशंसाा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य चौधरीले शैक्षिक स्तर सुधार गर्नका लागि सर्वपक्षीय एकता आवश्यक रहेको बताए । जब सम्म एकता हुँदैन तब सम्म सार्वजनिक संस्थाको विकास हुँदैन, त्यसैले हामी सबै एक भएर लागे मात्रै अहिलेको आवश्यकता अनुसारको विद्यालय बनाउन सक्छौं र शिक्षा प्रदान गर्न सक्छौं ।
त्यस्तै उनलेे आफूले पढेको विद्यालय भएको स्मरण गराउँदै विद्यालयकाे प्रगतिको निम्ति आफूले आफ्नो ठाउँबाट खेल्नु पर्ने भुमिका निर्वाह गर्ने बताए ।
उक्त कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष बोहराले शैक्षिक आर्थिक भौतिक रुपमा विद्यालयलाई सहयोग गर्नेहरूलाई धन्यवाद व्यक्त गरे ,
उनलेे आफूले हरेक समयमा विद्यालयको स्तरोन्नतिको लागि खटिएको बताए ।

