धनगढी- कैलालीको गोदावरी नगरपालिका-१ मा नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको छ ।
विहिबार बिहान कार्यालय अगाडि अज्ञात समूहले कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार गरेको हो ।
खुकुरीले चौधरीको टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
घाईते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको डिएसपी गंगा बहादुर थापाले बताए । उनको अनुसार खुकुरी प्रहार गर्ने फरार रहेको र, खोजी कार्य जारी रहेको बताए ।
स्थानीयका अनुसार ३ मोटरसाइकलमा आएका ६ जनाले कार्यालय अगाडि उभिएका चौधरी माथी खुकुरी प्रहार गरेका थिए ।

