बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४१९३ नम्बरको ट्याक्टर ब्रेक फेल हुँदा सडकबाट करिब १५० मिटर तल सेती नदीमा खसेको हो।
ट्याक्टर कैलाली जिल्ला स्थायी घर भएका अन्दाजी ४१ वर्षीय राज चौधरीले चलाएको बताइएको छ। दुर्घटनाका बेला ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा सबै जना घाइते भएका छन्।
घाइतेहरूको अवस्था र दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

