Advertisement

चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

Advertisement

बझाङ- चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन मंगलबार उद्घाटन भएको भए पनि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति छान्न लागिएको हो ।

अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनमा कुल १ हजार ३ सय ३७ जना उपभोक्ता मतदाता रहेका छन् ।

संस्थाको मुख्य पद अध्यक्षका लागि लोकेन्द्र विष्ट, लोकेन्द्र खड्का र नरेन्द्र खड्का गरी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै, उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि कलक बोहरा, बबिनबहादुर सिंह, खडक सुनार, जुना जाग्री र देवेन्द्र खड्का प्रतिस्पर्धामा उत्रिएका छन् ।

सचिव पदका लागि शंकर रसाइली, जगदिस रोकाया, निरन विष्ट र गोविन्द विक गरी चार जनाले मनोनयन दर्ता गराएका छन् । सह–सचिव पदमा मनिराम उपाध्याय, लोकेन्द्र विक, जनकबहादुर धामी, कुबेर विक र सुनिलकुमार दमाई गरी पाँच जना बीच प्रतिस्पर्धा हुँदै छ ।

कोषाध्यक्ष पदमा भने देवकी सिंह र सुनिता थापा गरी दुई जनाको मात्र उम्मेदवारी परेको छ ।

अन्य पदहरूमध्ये खुल्ला सदस्यतर्फ भने सर्वसम्मत रूपमा चयन भइसकेका छन् । महिला सदस्य र जनजाति सदस्य पदका लागि भने उम्मेदवारी दर्ता भई चुनावी प्रक्रिया अघि बढेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज