Advertisement

चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

Advertisement

बझाङ- चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन मंगलबार उद्घाटन भएको भए पनि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति छान्न लागिएको हो ।

अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनमा कुल १ हजार ३ सय ३७ जना उपभोक्ता मतदाता रहेका छन् ।

संस्थाको मुख्य पद अध्यक्षका लागि लोकेन्द्र विष्ट, लोकेन्द्र खड्का र नरेन्द्र खड्का गरी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै, उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि कलक बोहरा, बबिनबहादुर सिंह, खडक सुनार, जुना जाग्री र देवेन्द्र खड्का प्रतिस्पर्धामा उत्रिएका छन् ।

सचिव पदका लागि शंकर रसाइली, जगदिस रोकाया, निरन विष्ट र गोविन्द विक गरी चार जनाले मनोनयन दर्ता गराएका छन् । सह–सचिव पदमा मनिराम उपाध्याय, लोकेन्द्र विक, जनकबहादुर धामी, कुबेर विक र सुनिलकुमार दमाई गरी पाँच जना बीच प्रतिस्पर्धा हुँदै छ ।

कोषाध्यक्ष पदमा भने देवकी सिंह र सुनिता थापा गरी दुई जनाको मात्र उम्मेदवारी परेको छ ।

अन्य पदहरूमध्ये खुल्ला सदस्यतर्फ भने सर्वसम्मत रूपमा चयन भइसकेका छन् । महिला सदस्य र जनजाति सदस्य पदका लागि भने उम्मेदवारी दर्ता भई चुनावी प्रक्रिया अघि बढेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

बझाङ- चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन ...
जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

आज जेन-जी शहीद दिवस मनाइँदैछ। गत २३ भदौमा भएको जेन-जी विद्रोहपछि देशमा राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका ...
बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज