Advertisement

बझाङ

फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, बझाङ, बैतडी, मनोरञ्जन, मुख्य समाचार, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेपछि दुई जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन्। शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ। त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन्। घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए। महिला विश्वकप फुटबल २०२३ क्विजः के तपाईँ यो खेल जित्न सक्नुहुन्छ महिला विश्‍वकप छनोटमा खेलाडीहरू ‘जोखिममा’ “प्रहरीले जोखिमलाई निस्तेज पारेको छ र क्विन स्ट्रिटमा भएको घटनापछि अहिले त्यहाँ कुनै खतरा छैन भन्ने कुरामा आम मानिस निर्धक्क हुन सक्छन्,” उनले भने। आक्रमणको कुनै राजनीतिक वा वैचारिक का...
सरकारले गर्ने ‘नीतिगत भ्रष्टाचार’ रोक्न अख्तियारको गुहार, के संसद्‌ले सुन्ला

सरकारले गर्ने ‘नीतिगत भ्रष्टाचार’ रोक्न अख्तियारको गुहार, के संसद्‌ले सुन्ला

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, कैलाली, खेलकुद, पर्यटन, बझाङ, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि, स्वास्थ्य
ललिता निवासको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट देशका कार्यकारी प्रमुख जोगिने कानुनी छिद्रबारे चर्चा सुरु भएको छ। आयोगको निर्णय र सिफारिसहरू हेर्दा उसले भूतपूर्व वा पदासीन प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन मिल्नेगरी कानुनी व्यवस्था गर्न पटकपटक माग गरेको देखिन्छ। सर्वोच्च अदालतले २७ वर्षअघि गरेको एउटा फैसलाले पनि मन्त्रिपरिषद्का नीतिगत निर्णय आयोगले हेर्न नपाउनेगरी रोक लगाइदिएको छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ। राष्ट्रिय सभाबाट २०७९ चैत २७ गते पारित भएर प्रतिनिधिसभामा पुगेको ‘तेस्रो संशोधन ऐन २०७६’ दफावार छलफलका निम्ति वैशाख १५ गते राज्य व्यवस्था समितिमा पठाइएको थियो। कानुनी व्यवस्थाका लागि निरन्तर आग्रह ठूलो भ्रष्टाचार मुद्दा बनेको ललिता निवास प्रकरणमा आयोगले मन्त्रि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज