Advertisement

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

Advertisement

बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवार विद्युत सेवाबाट वञ्चित् रहेका हुन ।

राज्यले हरेक नागरिकलाई आधारभूत सेवा सुविधाको पहुँचमा पु¥याउने विभिन्न प्रतिबद्धता जनाउँदै आएको छ। संविधानले समेत नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका अधिकार सुनिश्चित गरेको छ । सरकारले नीति तथा कार्यक्रममा विद्युतको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै आएको भए पनि काँडा टोलका नागरिक विद्युत सेवाबाट वञ्चित रहेकोे बताउँछन् ।

उक्त क्षेत्रको काँडा, तर्सनी, गल्थेभेरा र देउली बस्तीका स्थानीय बासिन्दा लामो समयदेखि विद्युतको पर्खाइमा छन्। जिल्लाका अधिकांश क्षेत्रमा विद्युत सेवा विस्तार भइरहँदा आफूहरू भने अझै उज्यालोको पहुँचबाट बाहिर रहेको स्थानीयको गुनासो छ।

विद्युत नहुँदा दैनिक जनजीवनसँगै बालबालिकाको पढाइ, सञ्चार, सूचना प्रविधि तथा व्यवसाय सञ्चालनमा समेत समस्या भइरहेको स्थानीय शेरबहादुर बोहराले बताए । राज्यले विकास र समृद्धिको कुरा गरे पनि आफूहरूको बस्तीमा आधारभूत सेवामध्येको विद्युतसमेत पुग्न नसकेको उनको भनाइ छ ।

त्यस्तै स्थानीय धर्वेन्द्र लकण्डीले विद्युत सेवा सामान्य सुविधा मात्र नभई अहिलेको समयमा शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगारीसँग प्रत्यक्ष जोडिएको आवश्यकता भएको बताए । गाउँमा विद्युत नहुँदा मोबाइल चार्ज गर्नदेखि विद्युतीय उपकरण प्रयोग गर्नसम्म समस्या हुने गरेको उनले बताए।

स्थानीयका अनुसार विद्युत अभावको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा समेत परेको छ। साँझपख अध्ययन गर्न पर्याप्त प्रकाशको व्यवस्था नहुँदा विद्यार्थीहरू प्रभावित हुने गरेका छन्। विद्युतको अभावले आधुनिक प्रविधि र सूचना सञ्चारको पहुँचसमेत कमजोर बनेको स्थानीयको भनाइ छ।

काँडा टोलसहित वडाका विभिन्न क्षेत्रमा करिब २ सय परिवार विद्युत सेवाबाट वञ्चित छन स्थानीय युवा ज्ञानु जेठाराले भने, पटकपटक विद्युत विस्तारको माग राख्दै आए पनि अहिलेसम्म स्थायी समाधान हुन नसकेको छैन ।

नेपालको संविधानले नागरिकका आधारभूत अधिकार तथा राज्यका दायित्व सुनिश्चित गरेको छ। सरकारले हरेक वर्ष प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमा ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार, पूर्वाधार विकास र नागरिकलाई आधारभूत सेवाको पहुँचमा पु¥याउने विषयलाई प्राथमिकता दिँदै आएको छ। तर सुर्मा-५ का यी बस्तीको अवस्था हेर्दा नीति, कार्यक्रम र व्यवहारबीचको दूरी अझै कायम रहेको देखिन्छ।

विद्युत पहुँचलाई विकासको महत्वपूर्ण आधार मानिन्छ । विद्युत पुगेपछि शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, घरेलु उद्योग तथा स्थानीय रोजगारीका अवसर विस्तार गर्न सहज हुने अपेक्षा गरिन्छ। तर राज्यको प्राथमिकतामा दुर्गम बस्तीको विद्युत पहुँचलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा स्थानीय नागरिकले आधारभूत सुविधाकै लागि संघर्ष गर्नुपरेको छ।

स्थानीयवासीले सम्बन्धित स्थानीय तह, प्रदेश सरकार तथा विद्युत प्राधिकरणसँग काँडा, तर्सनी, गल्थेभेरा र देउली क्षेत्रमा तत्काल विद्युत विस्तार गरी आफूहरूलाई उज्यालोको पहुँचमा ल्याउन माग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा बुध...
एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँ...
अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछाम- अछामको ढकारी गाउँपालिकाका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका छन...
भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज