Advertisement

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

Advertisement

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवकाश लिएका छन्। छबिसपाथिभेरा गाउँपालिका–४ झुतेरामा जन्मिएका रेग्मीले भदौ २० गतेदेखि औपचारिक रूपमा शिक्षण सेवाबाट अवकाश लिएका हुन्।
‘रेग्मी सर’का नामले विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा परिचित रेग्मीले बझाङका विभिन्न विद्यालयमा रहेर हजारौँ विद्यार्थीलाई शिक्षा दिएका छन्। विशेषगरी छबिसपाथिभेरा गाउँपालिका-७ स्थित मजखोरी माध्यमिक विद्यालयमा लामो समय अध्यापन गराएका उनले त्यही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाले।
रेग्मीले २०६३ देखि २०६९ सालसम्म मजखोरी माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि पनि उनी लामो समय सोही विद्यालयमा अध्यापनरत रहे। २०७७ फागुन २२ गतेसम्म मजखोरीमा अध्यापन गरेपछि फागुन २३ गतेदेखि छबिसपाथिभेरा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा काज सरुवा भएका थिए।

कक्षाकोठादेखि नेतृत्वसम्म
शिक्षक रेग्मीले २०८० जेठ २३ गतेदेखि चन्द्रोदय माध्यमिक विद्यालय, छबिसपाथिभेरा–५ खतेडामा काज सरुवा भएर सेवा गरे। त्यहाँ पनि उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले। २०८१ जेठ २ गतेदेखि २०८३ वैशाख २४ गतेसम्म प्रधानाध्यापकका रूपमा विद्यालयको नेतृत्व गरेका थिए।
अंग्रेजी विषयका शिक्षक रेग्मी आधारभूत तहअन्तर्गत कक्षा ६–८ मा अध्यापन गराउँदै आएका थिए। उनका पूर्वविद्यार्थीहरू उनलाई केवल विषय पढाउने शिक्षकका रूपमा मात्र नभई जीवनको बाटो देखाउने मार्गदर्शकका रूपमा सम्झन्छन्।
छबिसपाथिभेरा–७ का धेरै विद्यार्थी रेग्मीका पूर्वविद्यार्थी छन्। उनीहरूका लागि ‘रेग्मी सर’ विद्यालयको कक्षाकोठाभन्दा बाहिर पनि उत्तिकै प्रभावशाली व्यक्तित्व हुन्। स्थानीयहरूका अनुसार गाउँमा शिक्षा सम्बन्धी विषय उठ्दा आज पनि सबैभन्दा पहिले सम्झिने नाममध्ये एक हो–रेग्मी सर।
मिलनसार व्यवहार, नेतृत्व क्षमता र असल शिक्षकका रूपमा परिचित रेग्मीले अध्यापन गराएका धेरै विद्यार्थी अहिले विभिन्न क्षेत्रमा स्थापित भइसकेका छन्।

निजी स्रोत शिक्षकबाट स्थायी शिक्षकसम्मको यात्रा
रेग्मीले २०४५ साल मंसिर १ गते भगवती प्राथमिक विद्यालय, निजी स्रोत शिक्षकका रूपमा शिक्षण सेवा सुरु गरेका थिए।
त्यसपछि २०४६ साल चैत १८ गते भगवती प्राथमिक विद्यालय, नेटाखान झुतेरामा अस्थायी शिक्षकका रूपमा नियुक्त भए। २०४७ साल मंसिर २८ गते सोही विद्यालयमा स्थायी नियुक्ति पाएपछि उनको औपचारिक शिक्षण यात्रा अझ मजबुत बनेको थियो।
सेवा अवधिमा उनले भगवती प्रावि नेटाखानबाट भूमिराज प्रावि सुबाकोट चिर, त्यसपछि जालपा माध्यमिक विद्यालय देवल, सरस्वती प्रावि बिनाडा, कुलमष्टमजन मावि भातेखोलालगायत विभिन्न विद्यालयमा सेवा गरे।
अस्थायी शिक्षकका रूपमा परीक्षा दिएर स्थायी नियुक्तिका लागि नाम निकाल्दै उनले सत्यवादी निमावि जयपृथ्वीनगरमा पदस्थापन पाए। त्यसपछि चन्द्रोदय निमावि खतेडामा समेत सेवा गरे।

श्रोतव्यक्तिदेखि निमावि द्वितीय श्रेणीसम्म
२०५७ साल मंसिरमा जिल्ला शिक्षा कार्यालय बझाङको श्रोतव्यक्ति पदको परीक्षा उत्तीर्ण गरेपछि रेग्मीले २०५७ पुस १ गतेदेखि श्रोतव्यक्तिका रूपमा जिम्मेवारी सम्हाले।
त्यसपछि निमावि तहको स्थायी शिक्षकका लागि लिखित तथा मौखिक परीक्षा उत्तीर्ण गरी दुर्गा माध्यमिक विद्यालय, सैनपसेलामा हाजिर भए। २०६३ सालदेखि मजखोरी माध्यमिक विद्यालयमा सेवा गरेका रेग्मी पछि निमावि तहको द्वितीय श्रेणीमा बढुवा भएर कार्यरत रहे।
अध्ययन र शैक्षिक पृष्ठभूमि
२०२३ जेठ ९ गते साविक ब्याँसी गाउँ पञ्चायत वडा नं ९, हाल छबिसपाथिभेरा गाउँपालिका–४ झुतेरामा जन्मिएका रेग्मीले २०३९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए।
उनले २०४७ सालमा अंग्रेजी र अर्थशास्त्र विषय लिएर आईएड तथा २०५४ सालमा अंग्रेजी र अर्थशास्त्रबाट बीएड गरेका थिए।

क्षमताले भ्याएसम्म राम्रो काम गरेँ
३७ वर्षभन्दा लामो शिक्षण यात्रालाई सम्झँदै रेग्मीले आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म शिक्षण क्षेत्रमा राम्रो काम गरेको महसुस भएको बताएका छन्।
सेवा अवधिमा आफ्ना कुनै शब्द, व्यवहार वा कार्यबाट कसैलाई नराम्रो महसुस भएको भए त्यसका लागि उनले क्षमासमेत मागेका छन्।
अवकाशपछि उनले गएको समयलाई बिर्सेर नयाँ सोचका साथ अगाडि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।
३७ वर्ष ९ महिना १९ दिनको लामो शिक्षण यात्राबाट अवकाश लिँदै गर्दा रेग्मीले आफूलाई साथ, सहयोग र सद्भाव दिने सहकर्मी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
निजी स्रोत शिक्षकका रूपमा सुरु भएको यात्रा स्थायी शिक्षक, श्रोतव्यक्ति, प्रधानाध्यापक हुँदै ३७ वर्षभन्दा लामो सेवापछि टुंगिएको छ। तर, उनका विद्यार्थी र समुदायका लागि ‘रेग्मी सर’ले छोडेको शैक्षिक योगदान भने उनको अवकाशसँगै समाप्त हुने छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज