Advertisement

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

Advertisement

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले बिहीबार जिल्ला समन्वय समिति बझाङको १०औँ जिल्ला सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले आगामी चार–पाँच वर्षमा जनताले प्रत्यक्ष परिवर्तन महसुस गर्ने गरी विकास निर्माणका काम गर्नुपर्ने बताए ।

महरले बझाङमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउँदै अबको दुई–चार वर्षमा साइपालको घुलीसम्म सडक पुर्‍याउने लक्ष्यका साथ काम गर्नुपर्ने बताए । खुटिया–दिपायल सडकलाई दुवैतर्फबाट काम हुने गरी तीव्रता दिन आफूले पहल गरिरहेको उनले बताए ।

करिब १५० किलोमिटरको खुटिया–दिपायल सडक निर्माण भए हाल बझाङबाट धनगढी पुग्नुपर्ने करिब २७० किलोमिटरको दूरी घट्ने उनले बताए । उक्त सडकलाई ताक्लाकोटसम्म जोडेर सुरुङ मार्ग निर्माण गर्न सके बझाङलाई भारतलगायतका मुलुकसँग जोड्ने महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

युवालाई स्थानीय स्तरमै रोजगारी र व्यवसाय गर्ने वातावरण बनाउन व्यावसायिक कृषिमा जोड दिनुपर्ने महरले बताए । विशेषगरी ओखर र टिमुर खेतीको प्रवर्द्धन गरी युवालाई कृषितर्फ आकर्षित गर्नुपर्ने उनले बताए ।

सभाका विशिष्ट अतिथि पूर्वमन्त्री अर्जुनबहादुर सिंहले बझाङको साझा हितका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति बझाङका संयोजक नरबहादुर बोहराले विकास र सुशासनका लागि सबै पक्ष एकजुट हुनुपर्ने तथा जनप्रतिनिधिले जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज