Advertisement

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

Advertisement

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले बिहीबार जिल्ला समन्वय समिति बझाङको १०औँ जिल्ला सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले आगामी चार–पाँच वर्षमा जनताले प्रत्यक्ष परिवर्तन महसुस गर्ने गरी विकास निर्माणका काम गर्नुपर्ने बताए ।

महरले बझाङमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउँदै अबको दुई–चार वर्षमा साइपालको घुलीसम्म सडक पुर्‍याउने लक्ष्यका साथ काम गर्नुपर्ने बताए । खुटिया–दिपायल सडकलाई दुवैतर्फबाट काम हुने गरी तीव्रता दिन आफूले पहल गरिरहेको उनले बताए ।

करिब १५० किलोमिटरको खुटिया–दिपायल सडक निर्माण भए हाल बझाङबाट धनगढी पुग्नुपर्ने करिब २७० किलोमिटरको दूरी घट्ने उनले बताए । उक्त सडकलाई ताक्लाकोटसम्म जोडेर सुरुङ मार्ग निर्माण गर्न सके बझाङलाई भारतलगायतका मुलुकसँग जोड्ने महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

युवालाई स्थानीय स्तरमै रोजगारी र व्यवसाय गर्ने वातावरण बनाउन व्यावसायिक कृषिमा जोड दिनुपर्ने महरले बताए । विशेषगरी ओखर र टिमुर खेतीको प्रवर्द्धन गरी युवालाई कृषितर्फ आकर्षित गर्नुपर्ने उनले बताए ।

सभाका विशिष्ट अतिथि पूर्वमन्त्री अर्जुनबहादुर सिंहले बझाङको साझा हितका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति बझाङका संयोजक नरबहादुर बोहराले विकास र सुशासनका लागि सबै पक्ष एकजुट हुनुपर्ने तथा जनप्रतिनिधिले जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

बझाङ- चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन ...
जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

आज जेन-जी शहीद दिवस मनाइँदैछ। गत २३ भदौमा भएको जेन-जी विद्रोहपछि देशमा राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका ...
बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज