स्रोत नखुलेको करिब ४३ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ
Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
कपिलवस्तु : स्रोत नखुलेको ४२ लाख ९० हजार ४ सय ४४ रुपैयाँसहित भारतीय नागरिक परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले भारतको बलरामपुर जिल्ला तुलसीपुर थाना सोनपुरका ४२ वर्षीय शिवा पटवा भन्ने आशीष कुमारलाई चन्द्रौटास्थित ग्यालेक्सी टोलको एक भाडावाला कोठाबाट पक्राउ गरेको हो।
पक्राउ परेका आशीष कुमारको साथबाट ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।
पक्राउ गरिएका आशीष कुमारको साथबाट नोट गन्ने मेसिन पनि बरामद गरिएको छ। उनी गैरकानुनी हुण्डी कारोबारी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
पक्राउ गरेका आशीष कुमारलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर प्रक्रिया अघि बढाएको निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।...












