Advertisement

विद्यार्थी हकहित र शिक्षाको सुधारका लागि महेश्वरी रेमीको उम्मेदवारी

Advertisement

कैलाली : कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा यही चैत्र २७ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि महेश्वरी रेग्मी स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत भएकी छन्। उनले विद्यार्थीका अधिकार, शिक्षाको गुणस्तर सुधार, नियमित कक्षा सञ्चालन, पारदर्शी प्रशासन र क्याम्पसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मुख्य एजेन्डासहित उम्मेदवारी घोषणा गरेकी छन्।

महेश्वरी रेग्मी हाल मानवीकी संकायकी पाँचौं सेमेस्टरकी विद्यार्थी हुन्। लामो समयदेखि विद्यार्थीका समस्याहरूलाई नजिकबाट अध्ययन गर्दै आएकी उनले यो निर्वाचनमार्फत क्याम्पसमा सकारात्मक परिवर्तन ल्याउने अठोट लिएकी छन्। उनी भन्छिन्, “शिक्षालयलाई शिक्षालय नै बनाऔं, राजनीतिलाई राजनीति गर्ने ठाउँमै छाडौं। विद्यार्थीका हकहितमा कोही सम्झौता गर्न सक्दैन।”

 

उनको प्रमुख एजेन्डा क्याम्पसमा नियमित कक्षा सञ्चालन गराउनु, विद्यार्थीहरूका समस्या समाधान गर्न सहज पहुँचको व्यवस्था मिलाउनु, परीक्षा प्रणाली पारदर्शी बनाउनु, शुल्क संरचनामा विद्यार्थी मैत्री नीति अवलम्बन गराउनु र स्ववियुलाई विद्यार्थीका वास्तविक मुद्दामा केन्द्रित गराउनु रहेको छ।

उनले विशेष रूपमा महिलाका हकअधिकारको सशक्त वकालत गर्दै सबै विद्यार्थीका लागि समान अवसर सुनिश्चित गर्ने प्रतिज्ञा गरेकी छन्। उनी भन्छिन्, “विद्यार्थी शक्ति नै राष्ट्र शक्ति हो। हामी विद्यार्थीले आफ्नो भविष्यप्रति सचेत रहनुपर्छ। अब नेतृत्व विद्यार्थीका लागि हुनुपर्छ, दलका लागि होइन।”

उनले क्याम्पसका विद्यार्थीहरूलाई सोचविचार गरी सही निर्णय गर्न आग्रह गरेकी छन्। उनी थप्छिन्, “यदि तपाईंहरू एक स्वतन्त्र, पारदर्शी, र विद्यार्थी केन्द्रित नेतृत्व चाहनुहुन्छ भने यो पटकको निर्वाचनमा स्वतन्त्र विद्यार्थी समूहलाई समर्थन गर्नुहोस्।”

उनको उम्मेदवारीले क्याम्पसमा नयाँ सोच, नवीन ऊर्जा र विद्यार्थी हितमा समर्पित नेतृत्वको आशा जगाएको छ। अब निर्णय विद्यार्थीहरूको हातमा छ – क्याम्पसको वास्तविक सुधार चाहनेहरूका लागि यो एउटा महत्त्वपूर्ण अवसर बन्न सक्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज