Advertisement

बुंगललाई सहायक सिडिओको चेतावनी : १५ दिनभित्र अटो नियमन गर

Advertisement

बझाङ — बुंगल नगरपालिकामा अटो रिक्साका भाडादर र व्यवस्थापनमा देखिएको लापरबाहीप्रति असन्तुष्टि जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी (सपजिअ) सत्यकुमारी जोशीले नगरपालिका प्रमुखलाई १५ दिनभित्र सुधार गर्न कडा चेतावनी दिनुभएको छ ।

बझाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रममा बोल्दै सपजिअ जोशीले अनियमित र मनपरी भाडा असुली तत्काल रोकिनुपर्ने बताउनुभयो।
“१५ दिनभित्र अटो भाडा दर तय गरी व्यवस्थित गर्नू,” उहाँले कडाइका साथ निर्देशन दिनुभयो, “नत्र कडा कानुनी कारवाहीको सामना गर्न तयार रहनुहोस्।”

बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीसमक्ष प्रत्यक्ष रूपमा चेतावनी दिँदै जोशीले स्थानीय सरकार नै बेखबर बनेर नागरिकलाई सास्ती दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ट्राफिक प्रमुख विनोद विष्टले समेत भाडा, नम्बर प्लेट र मापसेसम्बन्धी नियम उल्लंघनमा कडाइका साथ कारवाही गरिने जानकारी गराउनुभएको थियो ।

स्थानीयवासी र सञ्चारकर्मीहरूले पनि अटो भाडा व्यवस्थापन र नियमन को माग गर्दै धेरैपटक ध्यानाकर्षण गराएका थिए। तर, बेवास्ता भएपछि  प्रशासनले प्रत्यक्ष दबाब दिन थालेको हो ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज