Advertisement

बान्निगढी जयगढ गाउँपालिकाको दोहोरो चरित्र: सूचना लुकाएर सुशासनको ढोल

Advertisement

अछाम: पारदर्शिता र सुशासनको नारा लगाउने बान्निगढी जयगढ गाउँपालिकाले व्यवहारमा संविधान र कानुनको उल्लंघन गर्दै आएको छ। नागरिकले सूचना माग्दा अस्वीकार गर्ने र सञ्चारमाध्यमले तथ्य सार्वजनिक गरेपछि उल्टै धम्की दिने प्रवृत्तिले गम्भीर प्रश्न खडा गरेको छ।

पत्रकार तथा रेडियो बान्निगढी एफएमका सञ्चालक धनराज साउँदले पुरानो डोजर मर्मतसम्बन्धी खर्च विवरण माग्दा गाउँपालिकाले सूचना दिन अस्वीकार गर्यो। तीन वर्षअघि नयाँ डोजर खरिद गरिसकेको अवस्थामा समेत पुरानो डोजर मर्मतमा लाखौँ खर्च भएको भन्दै सूचना मागिएको थियो। तर, संविधानको धारा ३ को उपधारा ३ को गलत व्याख्या गर्दै पालिकाले जानकारी दिन अस्वीकार गर्‍यो।

पत्रकार धनराज साउँदले सुचना माग गरेको निवेदन

 पत्रकार धनराज साउँदले माग गरेको सुचना बान्निगढी जयगढ गाउँपालिकाले कानुन संवत् दिन नमिल्ने भनेर काटिएको पत्र

संविधानको धारा २७ अनुसार प्रत्येक नागरिकलाई सार्वजनिक निकायसँग सूचना लिन पाउने अधिकार छ। साथै, सूचनाको हक ऐन, २०६४ को दफा ३ ले कुनै पनि सार्वजनिक निकायमा भएका सूचनाहरू नागरिकलाई उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, पालिकाले कानुनी जटिलता देखाउँदै पत्र काटे पनि माग गरिएको सूचना संविधानअनुसार दिन मिल्ने प्रकृतिको थियो।

तर संविधान अनुसार सो सुचना दिन नमिल्ने भित्र नपरेको, हेरौँ संविधानले के भन्छ

 

स्थानीय युवा प्रेम साउँद भन्छन्, “हामीले पटक–पटक पारदर्शिता खोज्यौं, तर पालिकाले हाम्रो आवाज दबाउने प्रयास गरिरहेको छ। सुशासनको कुरा गर्ने, तर सूचना नदिने? यसले पालिकाको असली चरित्र उजागर गरेको छ।”

सूचना लुकाउने प्रवृत्ति मात्र होइन, पालिकाले पत्रकारिता विरुद्ध धम्कीपूर्ण व्यवहारसमेत देखाएको छ। केही समयअघि कामना टेलिभिजन ले ‘आर्थिक अभाव हुँदा पनि कर्मचारी र जनप्रतिनिधि लाखौँ खर्चेर भ्रमणमा गएको’ विषयमा खोजमूलक रिपोर्ट सार्वजनिक गरेको थियो। समाचार प्रसारण भएलगत्तै गाउँपालिकाले कानुन सिकाउने शैलीमा टेलिभिजनलाई पत्र पठायो।

कामना टेलिभिजनले न्यूज सम्प्रेषण गर्दा पालिकाले कामना टेलिभिजनलाई पठाएको पत्र

स्थानीय तहमा विकास बजेटको अभाव हुँदा पनि विलासी खर्च भएको समाचारपछि नागरिक आक्रोशित छन्। उनीहरू भन्छन्, “जनप्रतिनिधिहरू आफैं विलासी खर्च गर्छन्, तर विकासका लागि बजेट छैन भन्छन्।”

 

कानुनविद् हरिहर ओझाका अनुसार, “सूचना लुकाउनु प्रस्ट रूपमा गैरकानुनी कार्य हो। यदि कुनै सूचना सार्वजनिक गर्न नमिल्ने थियो भने पनि त्यसका लागि वैधानिक आधारसहित स्पष्ट कारण दिनुपर्छ। तर, यहाँ पालिकाले गलत नियत राखेर नागरिकको सूचना हक कुण्ठित गरेको देखिन्छ।”

बान्निगढी जयगढ गाउँपालिकाले संविधानको मर्म विपरीत सूचना लुकाएको र सञ्चारमाध्यमलाई दबाव दिन खोजेको नागरिकहरूको आरोप छ। पारदर्शिता अभावका कारण स्थानीय तहमा अनियमितता र भ्रष्टाचारको आशंका चुलिँदै गएको छ। नागरिक तहबाट व्यापक असन्तोष व्यक्त हुँदै गर्दा, पालिकाको दोहोरो चरित्र र अपारदर्शी नीतिप्रति गम्भीर प्रश्न उठेको छ।

कामना टेलिभिजनले केही दिन अघि प्रशारण गरेको भिडियो रिपोर्ट :

https://www.facebook.com/share/v/19uoMpTCYA/

https://www.facebook.com/share/v/19uoMpTCYA/

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज