Advertisement

“दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा बम बहादुर बिकको उम्मेदवारी “

Advertisement

कैलाली : सुदूरपश्चिमकै प्रतिष्ठित कलेज दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा यही चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीका विद्यार्थी नेता बम बहादुर बिकले उम्मेदवारी घोषणा गर्दै प्रचार-प्रसारलाई तीव्र पार्नुभएको छ।

बम बहादुर बिक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका चर्चित विद्यार्थी नेतामध्ये एक हुनुहुन्छ। निरन्तर विद्यार्थी नेतृत्वमा सक्रिय रहँदै आउनुभएका बिक विद्यार्थी माझ लोकप्रिय नेता हुनुहुन्छ। उहाँले जितेपछि क्याम्पसमा रहेका कमजोरी सुधार्दै विद्यार्थीका हकअधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

विद्यार्थीहरूसँग सधैं नजिक रहँदै पढाइ तथा अन्य गतिविधिमा सक्रिय रहने बिकले विद्यार्थीहरूको समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने बताउनुभएको छ। स्वच्छ छवि भएका विद्यार्थी नेताका रूपमा परिचित बिकले निर्वाचनमा कुनै पनि पार्टीभन्दा माथि उठेर योग्य उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण विद्यार्थीलाई अपिल गर्नुभएको छ।

“विद्यार्थीहरू नै देशको परिवर्तनका संवाहक हुन्। कसैको दबाब, धम्की वा लोभमा नपरी आत्मनिर्णयका आधारमा मतदान गर्नुपर्छ,” उहाँले भन्नुभयो। साथै, विजयी भएपछिको दोस्रो दिनदेखि नै विद्यार्थीका हक अधिकारका लागि संघर्षरत रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

अन्त्यमा, उहाँले सम्पूर्ण विद्यार्थीहरूलाई यही चैत २७ गते हुने स्ववियु निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत प्रयोग गर्न अपिल गर्नुभएको छ।

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज