Advertisement

एक थान कानुन दिन नसक्ने दुई तिहाइ सरकार

Advertisement

सार्वजनिक सेवा प्रवाहको मेरुदण्ड मानिने कर्मचारी प्रशासन आज कठोर, दक्ष र गतिशील हुनुपर्नेमा उल्टै निष्क्रियता, अन्योल र असन्तुष्टिको दलदलमा फसिरहेको छ। उर्जाशील कर्मचारीहरूको जोश-उत्साह समाप्तप्रायः छ, समायोजनपछि स्थानिय तहमा कार्यरत कर्मचारीहरूको पहिचान नै संकटमा छ, भने संघीय वा प्रादेशिक सेवामा लागेकाहरू समेत आफ्नो पेशागत भविष्यप्रति गहिरो चिन्तामा छन्।

समायोजनका नाममा झन् जटिल बनेको कर्मचारी व्यवस्थापन, करिब दर्जन फरक प्रकृतिका सेवाका भाग्य भविष्य अन्योलग्रस्त हुनु, तथा दसकौं लामो परिश्रम र समर्पणका साथ सरकारी सेवामा योगदान दिएका करार कर्मचारीहरूको भविष्य झन् अन्योलमा पर्नु गम्भीर विषय हो। उता, लोकसेवा आयोगमार्फत परीक्षामा उत्तीर्ण भएर सरकारी सेवामा प्रवेश गर्न चाहने युवाहरूको आशा र प्रयासहरू अन्योलको कुहिरोमा हराइरहेका छन्।

सरकारी सेवामा निश्चित प्रकृतिको कामका लागि प्रवेश गरेकाहरूलाई जबरजस्ती फरक प्रकृतिको जिम्मेवारी थोपर्ने प्रवृत्ति हावी भइरहेको छ। “जो जससँग, गोरु बेचेको साइनो छैन” भनेझैं कतै कर्मचारीलाई निहित स्वार्थमा प्रयोग गरिएको छ भने कतै उनीहरूमाथि प्रतिशोध साधिएको देखिन्छ।

६२/६३ को परिवर्तनपछि सत्तामा पुगेका शक्ति केन्द्रहरू कर्मचारीतन्त्रलाई कमजोर बनाउने रणनीतिमा लागेका देखिन्छन्। कर्मचारी मात्र होइन, ज्ञान र शिक्षाको आधारस्तम्भ शिक्षक समुदाय पनि एक सुशक्त कानुनी संरचनाको माग राख्दै आन्दोलन गर्न बाध्य छ।

 

आजको सूचना प्रविधि युगमा संघीयता कार्यान्वयन गर्न तयार वर्तमान कर्मचारी प्रशासन अझै पनि राजतन्त्रकालीन कानुनी चौखटमा बाँधिनु संघीयताको मर्म विपरीत हो। संघीय सरकारले कर्मचारी व्यवस्थापनमा स्पष्ट कानुनी आधार नबनाउनु, शिक्षक व्यवस्थापनलाई दीर्घकालीन नीति नदिँनु र सुदूरपश्चिम प्रदेश सरकारजस्तो निकाय नयाँ कानुन बनाउन रमितामात्र हेरिरहनु दुवै लज्जास्पद छैन र?

देशलाई स्थिरता दिन भन्दै बनेको दुई तिहाइ सरकारले समेत शिक्षक–कर्मचारीहरूको व्यवस्थापनका लागि एक ठोस कानुन बनाउन नसक्नु, सेवा–सुविधा, वृद्धिविकास, सरुवा–बढुवाका आधारभूत विषयसमेत अन्योलमै राख्नु अब बौद्धिक समुदायका लागि चिन्ताको विषय बनिसकेको छ।

एक थान ऐन माग्न पनि कर्मचारी तथा शिक्षक जस्तो वौद्दिक बर्गहरुलाइ तितो लाग्ने शव्द ” आन्दोलन” नै रोज्न पर्ने हो र ? अब पनि जिम्मेवार निकायले समयमै ध्यान नदिए देशको प्रशासनिक संरचना थप अस्तव्यस्त हुने देखिन्छ। कर्मचारी तथा शिक्षक समुदायका जायज मागलाई बेवास्ता गर्ने प्रवृत्तिको अन्त्य गर्दै तत्काल कानुनी संरचना निर्माण गरिनु अपरिहार्य छ।

लेख :

मुकेश थापा

उहाँ हाल छबिस पाथिभेरा गाउँपालिका बझाङमा लेखापालमा कार्यरत हुनुहुन्छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज