Advertisement

माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

Advertisement

“एउटा मान्छे हराएको जमाना भइसक्यो, 

खै खबर, चिठी नआएको जमाना भइसक्यो…”

– यो  हृदयविदारक वाक्य हो कालिकोटका कुशल नाथ योगीको

२०५८ सालको चैत २४ गते । भारतबाट काम गरेर आफ्ना साथिहरु संग घर फर्किनेबेलामा कञ्चनपुरको महेन्द्रनगरबाट तत्कालीन शाही सेनाले विष्णुनाथ योगीलाई माओवादी भएको आरोपमा पक्राउ गर्यो । त्यसपछि उनी कहिल्यै फर्किएनन्। कुनै खबर आएन, कुनै शव फेला परेन । काखमा बच्चा खेलाइरहेका, गर्भवती श्रीमतीलाई बिदाइ नगरी, उनी हराए ।

कालिकोटको सिप्खाना–७ निवासी विष्णुनाथ एक साधारण किसान थिए । घरको जिम्मेवारी बोक्ने, खेतीपाती गरेर गुजारा चलाउने, भारतका सुदूर शहरहरूमा पुगेर परिवारका लागि लत्ताकपडा ल्याउने एक मेहनती मानिस । सामाजिक र राजनीतिक चेत भएका उनी कहिलेकाहीँ माओवादीका र्‍यालीमा सामेल पनि हुन्थे । कहिल्यै सम्पर्कविहीन हुने, भूमिगत हुने प्रवृत्ति भने थिएन । तर, त्यसैको मूल्य उनलाई जीवनभर चुकाउनुपर्यो सायद ।

उनको हराइको पृष्ठभूमि कहालीलाग्दो छ । उनी कामबाट घर फर्कँदै गर्दा बस रोकियो, परिचय सोधियो । शाही सेनालाई संका लाग्यो—”विष्णुनाथ” को नामले “विश्वनाथ” माओवादी कमाण्डरसँग मेल खायो । यही शंका उनको जीवनको अन्तिम मोड बन्यो । उनीलाई त्यहीँबाट वेपत्ता पारियो ।

हराएपछि परिवारका लागि जीवन रोकिएजस्तो लाग्यो । तर जीवन कहाँ रोकिन्छ र? सास लिनु पर्‍यो, छोराछोरी हुर्काउनु पर्‍यो । श्रीमतीले दोस्रो बिहे गर्न सकिनन्—उनी श्रीमान् को अनुहार छोरामा हेरेर बाँची रहिन् । मेलापात, हाटदाउरा, ज्यालामजदुरी । उनले जीवनसंग बाँच्नको लागि हरेक रूपले जुधिरहिन् । एउटा महिलाले एक्लै बाँझो खेत जोत्न सक्ने, मर्दले नउठाउन सक्ने भारी बोक्ने हिम्मत राखिन् । त्यो हिम्मत नै उनको जीवनको बलियो काँध बन्यो ।

कुशल नाथ योगी सानै थिए जब बाबु बेपत्ता भए । बहिनी आमाको काखमै थिइन् । अर्को बहिनी बाबु हराएको महिना जन्मिइन् । उनीहरूको जीवन यस्तै कठिनाइका आँधीमा हुर्कियो । जंगल, लेक, गाउँ—घाँसको भारीसँगै जीवनका पिडा बोकेर चुलोचौको चलाइयो ।

 “बा! बेपत्ता भएको आज ठ्याक्कै २३ वर्ष भएछ। समय जसोतसो कट्ने रहेछ, जिन्दगी जसोतसो चल्ने रहेछ।” — कुशलको यो वाक्य भित्र एक पुस्ताको मौन पीडा बोल्छ ।

राजनीतिक परिवर्तन आए। राजतन्त्र ढल्यो, गणतन्त्र आयो । नेताहरू सत्तामा पुगे । तर बेपत्ता भएकाहरूको आवाज अझै ओझेलमा छ। न त न्याय पाइयो, न राहत । देशमा आन्दोलन भए, सरकार फेरिए, तर न आमाको पीडा मेटियो, न छोराछोरीको बाटो हेर्ने आँखा थाके ।

कुशल लेख्छन्, “हामीले बन्दुक उठाएनौँ तर माओवादीलाई खाना खुवायौँ । हामीले शाही सेनासँग लडेनौँ, तर डरायौँ । हामीले केही मागेका थियौँ—शान्ति र न्याय। आज पनि हामीले त्यो माग दोहोर्याइरहेका छौँ।”

जनयुद्धको भित्रि कथा

त्यो समय देशमा माओवादी द्वन्द्व चर्केको थियो । परिवर्तनको सपना देखाउनेहरू गाउँगाउँ पुगेका थिए । माओवादीले गाउँका युवालाई संगठित गर्न थालेका थिए, कोही स्वेच्छाले होमिएका थिए, कोही डर र दबाबमा । गाउँ–गाउँमा शाही सेनाको खोजी, माओवादीको गस्ती—मानवताको बीच द्वन्द्वको त्रास थियो । परिवार, समाज, सबै चकमन्न थिए । दश वर्ष लामो माओवादी विद्रोह (२०५२–२०६२) नेपालका लागि इतिहासकै सबैभन्दा हिंस्रक र राजनीतिक रूपमा निर्णायक समय थियो। हजारौं मानिस मारिए, लाखौं विस्थापित भए, र १६०० भन्दा बढी नागरिक आज पनि बेपत्ता सूचीमा छन् ।

शान्ति सम्झौतापछि बेपत्ता व्यक्तिको छानबिन गर्न ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ गठन भए । तर वर्षौं बित्दा पनि, बेपत्ताको परिवारले सत्य पाउन सकेका छैनन् ।

अहिले गणतन्त्र स्थापनाको १७ वर्ष पुग्न लागेको छ । तर यस्ता हजारौं पीडित परिवार अझै न्यायको प्रतीक्षामा छन् । सरकारले कहिलेकाहीँ राहत दिने वाचा गर्छ, तर त्यो वाचा कागजमै सीमित रहन्छ । पीडितको आवाज राज्यका कानसम्म पुग्दैन ।

 

माओवादी युद्ध एउटा परिवर्तनका लागि उठाइएको आन्दोलन थियो । सामाजिक अन्याय, वर्गीय विभेद, उत्पीडनविरुद्धको यो संघर्षमा हजारौं युवाले आफ्नो ज्यानको बाजी लगाए । तर अहिले त्यही आन्दोलनका नेता सत्तामा छन् । परिवर्तनका आशा बोकेर उठाइएको बन्दुकले ल्याएको परिवर्तन आज पनि जनताको पीडालाई सम्बोधन गर्न चुकेको छ ।

बेपत्ताका परिवारहरू भन्छन्, “हामीलाई अब केही चमत्कारको आशा छैन, तर कम्तीमा राज्यले हाम्रो पीडालाई राज्यको पीडा मानेर सम्बोधन गरोस्।”

२३ वर्षपछि पनि यो पीडा आवाज विहीन छ । यो आवाज उठाउनु राज्यको दायित्व हो । बेपत्ता हजारौँ नागरिकको नियतिलाई सम्झने हो भने इतिहास फेरि दोहोरिन्छ ।

कुशल नाथ योगीको यो पीडा केवल एउटा परिवारको कथा होइन, यो नेपाली जनताको साझा घाउ हो ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज