Advertisement

माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

Advertisement

“एउटा मान्छे हराएको जमाना भइसक्यो, 

खै खबर, चिठी नआएको जमाना भइसक्यो…”

– यो  हृदयविदारक वाक्य हो कालिकोटका कुशल नाथ योगीको

२०५८ सालको चैत २४ गते । भारतबाट काम गरेर आफ्ना साथिहरु संग घर फर्किनेबेलामा कञ्चनपुरको महेन्द्रनगरबाट तत्कालीन शाही सेनाले विष्णुनाथ योगीलाई माओवादी भएको आरोपमा पक्राउ गर्यो । त्यसपछि उनी कहिल्यै फर्किएनन्। कुनै खबर आएन, कुनै शव फेला परेन । काखमा बच्चा खेलाइरहेका, गर्भवती श्रीमतीलाई बिदाइ नगरी, उनी हराए ।

कालिकोटको सिप्खाना–७ निवासी विष्णुनाथ एक साधारण किसान थिए । घरको जिम्मेवारी बोक्ने, खेतीपाती गरेर गुजारा चलाउने, भारतका सुदूर शहरहरूमा पुगेर परिवारका लागि लत्ताकपडा ल्याउने एक मेहनती मानिस । सामाजिक र राजनीतिक चेत भएका उनी कहिलेकाहीँ माओवादीका र्‍यालीमा सामेल पनि हुन्थे । कहिल्यै सम्पर्कविहीन हुने, भूमिगत हुने प्रवृत्ति भने थिएन । तर, त्यसैको मूल्य उनलाई जीवनभर चुकाउनुपर्यो सायद ।

उनको हराइको पृष्ठभूमि कहालीलाग्दो छ । उनी कामबाट घर फर्कँदै गर्दा बस रोकियो, परिचय सोधियो । शाही सेनालाई संका लाग्यो—”विष्णुनाथ” को नामले “विश्वनाथ” माओवादी कमाण्डरसँग मेल खायो । यही शंका उनको जीवनको अन्तिम मोड बन्यो । उनीलाई त्यहीँबाट वेपत्ता पारियो ।

हराएपछि परिवारका लागि जीवन रोकिएजस्तो लाग्यो । तर जीवन कहाँ रोकिन्छ र? सास लिनु पर्‍यो, छोराछोरी हुर्काउनु पर्‍यो । श्रीमतीले दोस्रो बिहे गर्न सकिनन्—उनी श्रीमान् को अनुहार छोरामा हेरेर बाँची रहिन् । मेलापात, हाटदाउरा, ज्यालामजदुरी । उनले जीवनसंग बाँच्नको लागि हरेक रूपले जुधिरहिन् । एउटा महिलाले एक्लै बाँझो खेत जोत्न सक्ने, मर्दले नउठाउन सक्ने भारी बोक्ने हिम्मत राखिन् । त्यो हिम्मत नै उनको जीवनको बलियो काँध बन्यो ।

कुशल नाथ योगी सानै थिए जब बाबु बेपत्ता भए । बहिनी आमाको काखमै थिइन् । अर्को बहिनी बाबु हराएको महिना जन्मिइन् । उनीहरूको जीवन यस्तै कठिनाइका आँधीमा हुर्कियो । जंगल, लेक, गाउँ—घाँसको भारीसँगै जीवनका पिडा बोकेर चुलोचौको चलाइयो ।

 “बा! बेपत्ता भएको आज ठ्याक्कै २३ वर्ष भएछ। समय जसोतसो कट्ने रहेछ, जिन्दगी जसोतसो चल्ने रहेछ।” — कुशलको यो वाक्य भित्र एक पुस्ताको मौन पीडा बोल्छ ।

राजनीतिक परिवर्तन आए। राजतन्त्र ढल्यो, गणतन्त्र आयो । नेताहरू सत्तामा पुगे । तर बेपत्ता भएकाहरूको आवाज अझै ओझेलमा छ। न त न्याय पाइयो, न राहत । देशमा आन्दोलन भए, सरकार फेरिए, तर न आमाको पीडा मेटियो, न छोराछोरीको बाटो हेर्ने आँखा थाके ।

कुशल लेख्छन्, “हामीले बन्दुक उठाएनौँ तर माओवादीलाई खाना खुवायौँ । हामीले शाही सेनासँग लडेनौँ, तर डरायौँ । हामीले केही मागेका थियौँ—शान्ति र न्याय। आज पनि हामीले त्यो माग दोहोर्याइरहेका छौँ।”

जनयुद्धको भित्रि कथा

त्यो समय देशमा माओवादी द्वन्द्व चर्केको थियो । परिवर्तनको सपना देखाउनेहरू गाउँगाउँ पुगेका थिए । माओवादीले गाउँका युवालाई संगठित गर्न थालेका थिए, कोही स्वेच्छाले होमिएका थिए, कोही डर र दबाबमा । गाउँ–गाउँमा शाही सेनाको खोजी, माओवादीको गस्ती—मानवताको बीच द्वन्द्वको त्रास थियो । परिवार, समाज, सबै चकमन्न थिए । दश वर्ष लामो माओवादी विद्रोह (२०५२–२०६२) नेपालका लागि इतिहासकै सबैभन्दा हिंस्रक र राजनीतिक रूपमा निर्णायक समय थियो। हजारौं मानिस मारिए, लाखौं विस्थापित भए, र १६०० भन्दा बढी नागरिक आज पनि बेपत्ता सूचीमा छन् ।

शान्ति सम्झौतापछि बेपत्ता व्यक्तिको छानबिन गर्न ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ गठन भए । तर वर्षौं बित्दा पनि, बेपत्ताको परिवारले सत्य पाउन सकेका छैनन् ।

अहिले गणतन्त्र स्थापनाको १७ वर्ष पुग्न लागेको छ । तर यस्ता हजारौं पीडित परिवार अझै न्यायको प्रतीक्षामा छन् । सरकारले कहिलेकाहीँ राहत दिने वाचा गर्छ, तर त्यो वाचा कागजमै सीमित रहन्छ । पीडितको आवाज राज्यका कानसम्म पुग्दैन ।

 

माओवादी युद्ध एउटा परिवर्तनका लागि उठाइएको आन्दोलन थियो । सामाजिक अन्याय, वर्गीय विभेद, उत्पीडनविरुद्धको यो संघर्षमा हजारौं युवाले आफ्नो ज्यानको बाजी लगाए । तर अहिले त्यही आन्दोलनका नेता सत्तामा छन् । परिवर्तनका आशा बोकेर उठाइएको बन्दुकले ल्याएको परिवर्तन आज पनि जनताको पीडालाई सम्बोधन गर्न चुकेको छ ।

बेपत्ताका परिवारहरू भन्छन्, “हामीलाई अब केही चमत्कारको आशा छैन, तर कम्तीमा राज्यले हाम्रो पीडालाई राज्यको पीडा मानेर सम्बोधन गरोस्।”

२३ वर्षपछि पनि यो पीडा आवाज विहीन छ । यो आवाज उठाउनु राज्यको दायित्व हो । बेपत्ता हजारौँ नागरिकको नियतिलाई सम्झने हो भने इतिहास फेरि दोहोरिन्छ ।

कुशल नाथ योगीको यो पीडा केवल एउटा परिवारको कथा होइन, यो नेपाली जनताको साझा घाउ हो ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज