Advertisement

बागमती प्रदेशमा विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्न स्कूल हेल्थ नर्स तालिम

Advertisement

बागमती प्रदेशमा सञ्चालन भएको छैटौं ब्याच स्कूल हेल्थ नर्स तालिम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्दै किशोर-किशोरीहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनलेे विद्यालयमा स्वास्थ्य सेवा मजबुत बनाउन यस्ता तालिमहरू अत्यावश्यक रहेको बताइन् । “किशोर-किशोरीहरू संवेदनशील उमेर समूहमा छन्। उनीहरूलाई उचित स्वास्थ्य शिक्षा, महिनावारी व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र पोषण सम्बन्धी ज्ञान प्रदान गर्नु आवश्यक छ। यस तालिमले नर्सहरूलाई विद्यालयमा प्रभावकारी सेवा दिन सक्षम बनाउँछ,” उनले भनिन् ।

  • २५ जना नर्सहरूले लिए तालिम

तालिम बागमती प्रदेशका विभिन्न ठाउँका २५ जना नर्सले लिएका छन् । उनीहरूलाई किशोर-किशोरीहरूको स्वास्थ्य समस्यासँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा तालिम लिएका हुन् ।
सहभागी नर्सहरूलाई किशोरावस्था तथा किशोर स्वास्थ्य र परामर्श,यौन दुर्व्यवहारको पहिचान र रोकथाम ,महिनावारी स्वास्थ्य व्यवस्थापन (MHM), मानसिक स्वास्थ्य र विद्यार्थी परामर्श, सन्तुलित आहार, पोषण र स्वास्थ्यकर जीवनशैली, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य सेवा सम्बन्धि तालिम प्रदान गरिएको थियोे ।

तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी नर्सहरूले तालिमले आत्मविश्वासमा अभिवृद्धि , शिक्षण प्रविधिहरू बुझ्न सहयोग र विद्यालय स्वास्थ्य सेवामा प्रभावकारी भूमिका निर्वाह गरेको बताए ।
एक तालिममा सहभागी नर्सले भनिन्, “यस्ता तालिमहरू नियमित रूपमा हुनु आवश्यक छ,,,यसबाट हामीले विद्यालयमा प्रभावकारी रूपमा स्वास्थ्य सेवा दिन सक्ने आत्मविश्वास प्राप्त गरेका छौँ ।

तालिमका प्रशिक्षक प्रा. डा. मन्दिरा शाहीले प्रशिक्षार्थी नर्सहरूलाई विद्यालय स्वास्थ्य सेवामा उदाहरणीय भूमिका खेल्न प्रेरित गर्दै भनिन्, “तपाईंहरू स्कूल नर्सका रूपमा विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुहोस्। तपाईंहरूको भूमिकाले विद्यालय स्वास्थ्य सेवामा नयाँ उचाइ ल्याउनेछ। त्यस्तै प्रशिक्षक कृष्ण चन्द र कुञ्ज जोशीले तालिममा सिकेका ज्ञान र सीप विद्यालयमा लागू गर्न सुझाव दिए। “तपाईंहरूले यहाँ सिकेका कुराहरू व्यवहारमा उतार्नुपर्छ, यसले विद्यार्थीहरूको स्वास्थ्य सुधारमा ठूलो योगदान दिनेछ।

तालिम समापनका क्रममा हर्कदेव जोशीले सबै प्रशिक्षक, सहभागी र आयोजकलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा एचइएआर नेपालका अध्यक्ष माधव जोशीले प्रशिक्षार्थी नर्सहरूलाई किशोर-किशोरीहरूका लागि उचित स्वास्थ्य जानकारी प्रदान गर्न सुझाव दिए। “तपाईंहरू योग्य नर्सहरू हुनुहुन्छ। मलाई विश्वास छ, किशोर-किशोरी पुस्तिकाको माध्यमबाट तपाईंहरूले विद्यालयका विद्यार्थीहरूलाई सही जानकारी प्रदान गर्नुहुनेछ जोशीले ले भने।

त्यस्तै समापनकै क्रममा बिशिष्ठ अतिथी तथा राष्टिय स्वास्थ्य तालिम केन्द्रका पूर्ब निर्देशक अर्जुन बहादुर सिंहले आफ्नो सलाह सुझाव राख्दै भने यो कार्यक्रमले विद्यालय स्वास्थ्य सेवाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिएको छु,, यस्ता कार्यक्रम अझ अरु ठाउँ सम्म पुर्‍याउन आवश्यक छ ।
तालिमबाट प्रशिक्षित नर्सहरूले अब विद्यालयमा गएर विद्यार्थीहरूको स्वास्थ्य सम्बन्धी आवश्यक सेवा प्रदान गर्नेछन्। स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल (हियर नेपालका )अनुसार विद्यालय स्वास्थ्य सेवा सुधारका लागि आगामी दिनमा थप यस्ता तालिमहरू सञ्चालन गरिनेछन्। विद्यालय स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सरकार तथा सरोकारवालाहरूसँग सहकार्य गरी कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज