Advertisement
Sunday, July 13

बागमती प्रदेशमा विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्न स्कूल हेल्थ नर्स तालिम

Advertisement

बागमती प्रदेशमा सञ्चालन भएको छैटौं ब्याच स्कूल हेल्थ नर्स तालिम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्दै किशोर-किशोरीहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनलेे विद्यालयमा स्वास्थ्य सेवा मजबुत बनाउन यस्ता तालिमहरू अत्यावश्यक रहेको बताइन् । “किशोर-किशोरीहरू संवेदनशील उमेर समूहमा छन्। उनीहरूलाई उचित स्वास्थ्य शिक्षा, महिनावारी व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र पोषण सम्बन्धी ज्ञान प्रदान गर्नु आवश्यक छ। यस तालिमले नर्सहरूलाई विद्यालयमा प्रभावकारी सेवा दिन सक्षम बनाउँछ,” उनले भनिन् ।

  • २५ जना नर्सहरूले लिए तालिम

तालिम बागमती प्रदेशका विभिन्न ठाउँका २५ जना नर्सले लिएका छन् । उनीहरूलाई किशोर-किशोरीहरूको स्वास्थ्य समस्यासँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा तालिम लिएका हुन् ।
सहभागी नर्सहरूलाई किशोरावस्था तथा किशोर स्वास्थ्य र परामर्श,यौन दुर्व्यवहारको पहिचान र रोकथाम ,महिनावारी स्वास्थ्य व्यवस्थापन (MHM), मानसिक स्वास्थ्य र विद्यार्थी परामर्श, सन्तुलित आहार, पोषण र स्वास्थ्यकर जीवनशैली, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य सेवा सम्बन्धि तालिम प्रदान गरिएको थियोे ।

तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी नर्सहरूले तालिमले आत्मविश्वासमा अभिवृद्धि , शिक्षण प्रविधिहरू बुझ्न सहयोग र विद्यालय स्वास्थ्य सेवामा प्रभावकारी भूमिका निर्वाह गरेको बताए ।
एक तालिममा सहभागी नर्सले भनिन्, “यस्ता तालिमहरू नियमित रूपमा हुनु आवश्यक छ,,,यसबाट हामीले विद्यालयमा प्रभावकारी रूपमा स्वास्थ्य सेवा दिन सक्ने आत्मविश्वास प्राप्त गरेका छौँ ।

तालिमका प्रशिक्षक प्रा. डा. मन्दिरा शाहीले प्रशिक्षार्थी नर्सहरूलाई विद्यालय स्वास्थ्य सेवामा उदाहरणीय भूमिका खेल्न प्रेरित गर्दै भनिन्, “तपाईंहरू स्कूल नर्सका रूपमा विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुहोस्। तपाईंहरूको भूमिकाले विद्यालय स्वास्थ्य सेवामा नयाँ उचाइ ल्याउनेछ। त्यस्तै प्रशिक्षक कृष्ण चन्द र कुञ्ज जोशीले तालिममा सिकेका ज्ञान र सीप विद्यालयमा लागू गर्न सुझाव दिए। “तपाईंहरूले यहाँ सिकेका कुराहरू व्यवहारमा उतार्नुपर्छ, यसले विद्यार्थीहरूको स्वास्थ्य सुधारमा ठूलो योगदान दिनेछ।

तालिम समापनका क्रममा हर्कदेव जोशीले सबै प्रशिक्षक, सहभागी र आयोजकलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा एचइएआर नेपालका अध्यक्ष माधव जोशीले प्रशिक्षार्थी नर्सहरूलाई किशोर-किशोरीहरूका लागि उचित स्वास्थ्य जानकारी प्रदान गर्न सुझाव दिए। “तपाईंहरू योग्य नर्सहरू हुनुहुन्छ। मलाई विश्वास छ, किशोर-किशोरी पुस्तिकाको माध्यमबाट तपाईंहरूले विद्यालयका विद्यार्थीहरूलाई सही जानकारी प्रदान गर्नुहुनेछ जोशीले ले भने।

त्यस्तै समापनकै क्रममा बिशिष्ठ अतिथी तथा राष्टिय स्वास्थ्य तालिम केन्द्रका पूर्ब निर्देशक अर्जुन बहादुर सिंहले आफ्नो सलाह सुझाव राख्दै भने यो कार्यक्रमले विद्यालय स्वास्थ्य सेवाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिएको छु,, यस्ता कार्यक्रम अझ अरु ठाउँ सम्म पुर्‍याउन आवश्यक छ ।
तालिमबाट प्रशिक्षित नर्सहरूले अब विद्यालयमा गएर विद्यार्थीहरूको स्वास्थ्य सम्बन्धी आवश्यक सेवा प्रदान गर्नेछन्। स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल (हियर नेपालका )अनुसार विद्यालय स्वास्थ्य सेवा सुधारका लागि आगामी दिनमा थप यस्ता तालिमहरू सञ्चालन गरिनेछन्। विद्यालय स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सरकार तथा सरोकारवालाहरूसँग सहकार्य गरी कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ ।

उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज