Advertisement

Day: २०८१ फाल्गुन २८, बुधबार २३:२७

एमाले नेता धामीलाई पालिकामा निम्तो, खुल्ला लाइभ बहस गर्न तयार छु: अध्यक्ष थापा

एमाले नेता धामीलाई पालिकामा निम्तो, खुल्ला लाइभ बहस गर्न तयार छु: अध्यक्ष थापा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकामा विद्युतीकरणको बिषय चर्चामा छ । दुर्गाथलि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) र एमाले नेता दल बहादुर धामी विच विद्युतीकरणको विषयलाई लिएर चर्काचर्की चलिरहेको छ। एकातिर गाउँपालिका अध्यक्ष थापा आफू नेतृत्वको टिमले विद्युतीकरणको काम गरेको भनी दावी गर्दै आएका छन् ,, भने अर्कोतिर एमाले नेता धामी आफूले विद्युतीकरणको काम गरेको भन्दै दाबी गरिरहेका छन्  । केहीदिन यता सामाजिक सञ्जाल फेसबुकमा दुर्गाथलि गाउँपालिकाको जाफ्री, बाइकाटे, छान्याखोला, सैन, दौला, चुवाबन टोलमा विद्युत लायन बिस्तारको विषयमा गाउँपालिका अध्यक्ष थापा र एमाले नेता धामी बिच आफूले गरेको काममा जस लिन खोजेको भन्दै एकले अर्कोलाई आरोपप्रत्यारोप लगाउँदै आएका छन् । एमाले नेता दलबहादुर धामी लाई भोलि नै प्रत्यक्ष लाइभ बहस गर्न तयार रहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी गराएका छन्  । उनलेे आफ्न...
बागमती प्रदेशमा विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्न स्कूल हेल्थ नर्स तालिम

बागमती प्रदेशमा विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्न स्कूल हेल्थ नर्स तालिम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, स्वास्थ्य
बागमती प्रदेशमा सञ्चालन भएको छैटौं ब्याच स्कूल हेल्थ नर्स तालिम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवा सुदृढ गर्दै किशोर-किशोरीहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनलेे विद्यालयमा स्वास्थ्य सेवा मजबुत बनाउन यस्ता तालिमहरू अत्यावश्यक रहेको बताइन् । "किशोर-किशोरीहरू संवेदनशील उमेर समूहमा छन्। उनीहरूलाई उचित स्वास्थ्य शिक्षा, महिनावारी व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र पोषण सम्बन्धी ज्ञान प्रदान गर्नु आवश्यक छ। यस तालिमले नर्सहरूलाई विद्यालयमा प्रभावकारी सेवा दिन सक्षम बनाउँछ," उनले भनिन् । २५ जना नर्सहरूले लिए तालिम तालिम बागमती प्रदेशका विभिन्न ठाउँका २५ जना नर्सले लिएका छन् । उनीहरूलाई किशोर-किशोरीहरूको स्वास्थ्...
मेरा विरुद्ध फैलाइएका अफवाह निराधार छन् :  एमाले नेता धामी

मेरा विरुद्ध फैलाइएका अफवाह निराधार छन् : एमाले नेता धामी

Breaking News 1, कैलाली, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
धनगढी- बझाङको दुर्गाथली गाउँपालिकाको विद्युतिकरण योजनासँग सम्बन्धित विवाद चुलिएपछि नेकपा (एमाले) नेता दल बहादुर धामीले आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले आफूलाई आधारहीन रूपमा विवादमा तानिएको बताउँदै घटनाको वास्तविक विवरण सार्वजनिक गरेका हुन्। धामीका अनुसार बझाङका सबै पालिकामा विद्युत विस्तारका लागि ठेक्का परिसकेको भए पनि कानुनी जटिलताका कारण दुर्गाथलि ५, ६, ७ वडामा केन्द्रीय लाइन विस्तार ढिला भएको थियो। यसबारे नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा लेखा उपनिर्देशक लोकेन्द्र साउदसँग छलफल गर्दा उनले "फाइल तलबाट आउनुपर्छ" भन्ने जानकारी दिएका थिए। त्यसपछि धामीले जिल्ला प्रशासनका सम्बन्धित निकायसँग समन्वय गरी फाइल अघि बढाएका थिए। २०८१ साल कात्तिक मसान्तमा जाप्रि र मंसिर १ गते चुवावनमा आयोजित भेलाबाट वडाको सिफारिस गराई पालिकामा पठाइएको थियो। धामीका अनुसार, "पालिका कार्यकारी झलक दौ...
होली पर्वलाई मर्यादित तवरले मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह

होली पर्वलाई मर्यादित तवरले मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित तवरले मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा (होली) लाई मर्यादित तवरले मनाउन आग्रह गरेको हो । आज प्रशासनले एक सूचना जारी गर्दै अवाञ्छित गतिविधि नगरि सभ्य, मर्यादित र हर्षोल्लासका साथ होली मनाउन आग्रह गरेको छ । जारी सूचनामा जथाभाबी रङ्ग लगाउने, कोही कसैको इच्छा विपरीत हानिकारक बस्तु दल्ने, प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिहरूलाई अभद्र व्यवहार गर्ने, नशालु पदार्थको सेवनगरी सार्वजनिक स्थलमा नाचगान तथा हो-हल्ला गर्ने, डोरीले बाटो छेकेर पैसा उठाउने, दुःख, हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता सार्वजनिक शान्ति सु-व्यवस्थामा खलल पु¥याउने खालका कानुन विपरीतका क्रियाकलापहरू नगर्न भनिएको छ । साथै बेलुकी ९ बजे सम्म मात्रै होली मनाउन आग...
सुदूरपश्चिममा होली पर्वको रौनक

सुदूरपश्चिममा होली पर्वको रौनक

Breaking News 1, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- फागुन शुक्ल एकादशी अर्थात शुक्ल पूर्णिमाका दिनबाट पाचँ दिनसम्म मनाइने होली पर्वको रौनक सुदूरपश्चिममा पनि सुरु भएको छ । पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा पाँच दिनसम्म होली मनाइने प्रचलन रहेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । पहाडी जिल्लाहरुमा भने होलीको रौनक बढेको छ । पछिल्लो समय सुदुरपश्चिममा पनि आफ्नै परम्परागतरुपलाई तोडमोड गर्दै  विभिन्न समुदायले आ–आफ्नै ढङ्गले होली पर्व मनाउदै आएका छन । वर्तमान समय पश्चिमा सँस्कृतिको आक्रमणमा परेर होली पर्वको मौलिकता हराउन लागेको प्रति अग्रजपुस्ता चिन्तित बनेका   छन । पछिल्लो समय होलीपर्वलाई रंग खेल्ने पर्वका रुपमा मात्रै लिने गरिएको छ । अहिलेको पुस्ताले रंगहरु खेल्नुलाई मात्रै होलीको रुपमा लिने गरेका छन । ...
आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने कार्यसूची छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत हुनेछ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिनेछ । यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद प...
बझाङदीप क्याम्पसमा अखिल समाजवादी एक्लै स्ववियु चुनाव लड्दै , अरु गठबन्धनमा

बझाङदीप क्याम्पसमा अखिल समाजवादी एक्लै स्ववियु चुनाव लड्दै , अरु गठबन्धनमा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।। मंगलबार २७ गते बझाङको चर्चित क्याम्पसका रुपमा परिचित बझाङदीप क्याम्पसमा स्ववियु लड्ने विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गराए । क्याम्पसमा स्ववियु चुनाव विप्लव निकट विद्यार्थी सङ्गठन अखिल (समाजवादी) एक्लै भिड्ने गरि उम्मेदवारी दर्ता गरियो । क्याम्पसको स्ववियु निर्वाचन लड्ना लागि नेपाली काँग्रेस निकट विद्यार्थी नेविसंघ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एकातिर गठबन्धन गरेका छन् । अर्कोतिर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी, र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू समाजवादी एक भएर चुनावी मैदानमा उत्रिएका छन् । तर यता एक्लै भिडिरहेको अखिल समाजवादीका नेताहरुले भने आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आजभन्दा ठिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज