Advertisement

बझाङदीप क्याम्पसमा अखिल समाजवादी एक्लै स्ववियु चुनाव लड्दै , अरु गठबन्धनमा

Advertisement

धनगढी- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।। मंगलबार २७ गते बझाङको चर्चित क्याम्पसका रुपमा परिचित बझाङदीप क्याम्पसमा स्ववियु लड्ने विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गराए । क्याम्पसमा स्ववियु चुनाव विप्लव निकट विद्यार्थी सङ्गठन अखिल (समाजवादी) एक्लै भिड्ने गरि उम्मेदवारी दर्ता गरियो ।

क्याम्पसको स्ववियु निर्वाचन लड्ना लागि नेपाली काँग्रेस निकट विद्यार्थी नेविसंघ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एकातिर गठबन्धन गरेका छन् । अर्कोतिर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी, र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू समाजवादी एक भएर चुनावी मैदानमा उत्रिएका छन् ।
तर यता एक्लै भिडिरहेको अखिल समाजवादीका नेताहरुले भने आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आजभन्दा ठिक दुई बर्ष अगाडी पनि अखिल(समाजवादी) एकल लडेको थियो भने एमाले समाजवादी एक र काङ्ग्रेस माओवादी एक भएर चुनाव लडेका थिए । त्यसमा पनि अखिल (समाजवादी) विप्लवले जित हासिल गरेको थियो । अहिलेको सन्दर्भमा अखिल समाजवादीका नेताहरुले सहमतीको बाटो ,सहमती नभए कम्युनिष्ट एकता , को पहल गरे तर कसैले मानेनन ,झन उल्टै अखिल ( समाजवादी) लाई एक्लै राखेर उनीहरूले गठबन्धन गरे । अखिल ( समाजवादी) ले क्याम्पसका विद्यार्थीका साझा मुद्दा मिलेर मात्र एकताका कुरा गर्न अन्य संगठनलाई सुझाव दियो भने व्यक्तिगत इच्छा , आकांक्षा ,भागबन्डा जस्ता अवसरवादी कुरा त्यागेर आए अखिल समाजवादी एकतामा जान तयार रहेको विप्लव नेता कमल सिले बताए । उनले भने अन्य संगठन ठिक यस्को उल्टो दिशा तिर लागेकाले कसै संग गठबन्धन नभएको कुरा हो , यति मात्र होइन हरेक संगठनको उम्मेदवारी भनेको आफैमा जिम्मेवार हो । अन्य संगठनहरु विद्यार्थीको हकहितका लागि लड्नु ,विद्यार्थीका समस्याका मुद्दालाई केन्द्रमा राखेर चुनाव लड्नु भन्दा नि आफ्नो ब्यक्तिगत इच्छा ,राजनितिक प्रतिसोध साट्न चुनाव लडनु पर्ने मानसिकता बाट अघाडि बढेको अनुभूति अखिल (समाजवादी)लाई भएको कुरा अखिल (समाजवादी)का नेताले बताए । सबै पार्टी संगठन भित्र केहि इमान्दार मान्छे छन तर तिनको बुइँ चढेर नेता भएकाहरु बेमान भएको कुरा बताउँदै कम्युनिष्ट आन्दोलन धराशय हुने पक्का भएको कुरा बताएका हुन । चुनाव जित्नका लागि मात्र नभइ सम्पूर्ण जिम्मेवारी ,निरन्तर सेवाका लागि ,हो त्यसकारण संगठन एक्लै भएपनि विद्यार्थीको पक्षमा,क्याम्पसमा हुने बिकृती बिसङ्गती रोक्न , विद्यार्थीको साथी बन्न ,भाइ बन्न ,दाइ बन्न,गरिब दिनदुखीको सहारा बन्न ,शिक्षा क्षत्रमा आमूल परिवर्तन गर्न ,लुट खसोट भ्रष्टाचारका विरुद्ध कडा रुपमा प्रतिकार गर्न त्यसको अन्त्य गर्न बझाङदीपमा अखिल (समाजवादी) ले एक्लै भएपनि भिड्ने प्रतिबद्धता सहित अघाडी बढेको सभापतिका उम्मेद्वार अक्कल धामीले बताए । यसभन्दा अघिल्लो कार्यकाल अखिल ( समाजवादी) का नेता कमल सिले चलाएका थिए । उनको काम प्रती विद्यार्थी ,जनसमुदाय सन्तुष्ट देखिन्छ्न , उनले क्याम्पसमा आइसकेपछि क्याम्पसमा टाढाका विद्यार्थीका लागि छात्रवास , गरिब ,असाहय , दन्दपिडित ,टुहुरा ,भौगोलिक बिकटता भएका बिध्यार्थिलाइ छात्रवृत्ति को ब्यबस्था , शैक्षिक अवलोकनका लागि क्याम्पसका विद्यार्थीलाई १० दिने भ्रमण , क्याम्पस रङरोबन,भवन निर्माण , स्वबियु कार्यलय स्थापना , बझाङजिल्लाकै परिक्षाको केन्द्र बझाङ्गदीपलाई सफल भए भने परीक्षा शुल्क खारेजी ,सदरमुककाममा रहेको जयपृथ्वी हस्पिटलमा औषधी उपचारमा २७ प्रतिशत छुट ,क्याम्पसमा छात्रवासमा विद्यार्थी बसालेर उनीहरुलाई पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत च्याउ उत्पादन सीप सिकाए फलाए, विद्यार्थी कल्याणकारि कोष स्थापना गरे लगायत विभिन्न कामले अखिल समाजवादीका विद्यार्थी नेता संगठन लोकप्रिय बन्दै गएको बेला फेरि यतिखेर गठबन्धन गरेर उहाँको टिमलाई आउट गर्ने दौरानमा सत्ता रुढ दलका भातृसंगठन निकै कसरतमा देखिन्छ्न ।

अखिल समाजवादी सभापतिमा धामी, सचिव नवीन जेठारा , कोषाध्यक्ष सुस्मिता थापा, लगायत भरत खाती ,रेजिना जेठारा , बिपना थापा ,कमला गिरि गरि ७ सदस्य को एकल प्यानल रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज