Advertisement

गोदावरीमा ३५ जना बालबालिकालाई न्यानो लुगा वितरण

Advertisement

कैलाली, गोदावरी – युवा समाजसेवी तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजेको सहकार्य र महिला नेतृ रिता शाहीको पहलमा गोदावरी नगरपालिका–२, दामदरेस्थित बाह्रदेउ आधारभूत विद्यालयका ३५ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका, विद्यालय जान नसक्ने, एकल घरपरिवारका छोराछोरी, जेहेन्दार तथा अनाथ बालबालिकालाई न्यानो लुगा र टोपी वितरण गरिएको हो।

कार्यक्रममा मालिका माध्यमिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरू, विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य रतिभान धामी, बाह्रदेउ आधारभूत विद्यालयका व्यवस्थापन समितिका सदस्य गौमती धामी, समाजसेवी तथा समन्वयकर्ता हेमन्त बाजे, पहलकर्ता रिता शाही, सुरज खडका, विद्यालयका प्रअ हर्क धामी, शिक्षक-शिक्षिका, अभिभावक, तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

समाजसेवी हेमन्त बाजेले चिसोबाट प्रभावित बालबालिकाको जीवनस्तर सुधार्न र शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। बालबालिकाहरू प्राप्त सामाग्रीबाट उत्साहित भएको र यसले पढाइप्रति थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

न्यानो लुगा उपलब्ध गराउन अस्ट्रेलिया निवासी समाजसेवी माया बी. शेर्पाले सहयोग गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ हर्क धामीले गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज