बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा गुणस्तरीय सुनचाँदीका गरगहना तथा विश्वसनीय सेवा प्रदान गर्दै आएका व्यवसायी दिपेन्द्र सोबले आइतबारदेखि बिसौना बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएका हुन्।
पसलमा सुन तथा चाँदीका विभिन्न आधुनिक र परम्परागत डिजाइनका गरगहना उचित मूल्यमा उपलब्ध हुने जनाइएको छ। साथै, नयाँ गहना निर्माण, पुराना गहना मर्मत, साटफेर तथा अर्डरअनुसार गहना बनाउने सुविधा पनि उपलब्ध रहेको सञ्चालक साेबले जानकारी दिएका छन्।
स्थानीयवासीलाई गुणस्तरीय गहना तथा सहज सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले बिसौना बजारमा शाखा विस्तार गरिएको सञ्चालक सोपकाे भनाइ छ।


