Advertisement

Day: २०८३ असार २९, सोमबार २२:०८

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग गरेका छन । सोमबार आज आफ्नो ३३ औँ जन्मोत्सवको अवसारमा कैलालीमा निमार्ण हुने लागि आर्थिक सहयोग गरेका हुन । जन्मोत्सवलाई सामाजिक उत्तरदायित्व सँग जोड्न बझाङ्गी सेवा समाज कैलालीले, कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा निमार्ण गर्न लागेको राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन निमार्णका ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गर्नुभएको छ । उनले भने जन्मोत्सवमा हुने अनावश्यक खर्चलाई समाजका लागि उपयोगी कार्यमा लगाउन सहयोग गरेका हुँ । मानवतावादी राजा सिंहको मानवीय सोचे, शिक्षा र समाज सुधारप्रतिको योगदानलाई सम्मान गर्दै स्मृति भवन निमार्ण अभियानलाई साथ दिएको उनको भनाई छ ।...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएपछि पालिकाले भोलि शोक विदा दिएको हो गाउँपालिका अध्यक्ष दिलबहादुर थापाद्वारा जारी शोक विज्ञप्तिमा मृतकको सम्मानमा भोलि साउन ३० गते मंगलबार पालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक सेवाबाहेक एक दिन शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ। गत सनिवार बुंगलबाट दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च २६६४ नम्बरको जीप केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा दुर्घटना भएको थियोे । दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको थियोे, भने १२ जना घाइते भएका थिए । गम्भीर घाइते भएका पाँच जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक देवेन्द्र धामी र दुर्गाथल...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको छ । सोमबार आज विद्यालयले सुँगरेमा भएको दुर्घटनामा घाइते भएकाहरूका लागि आर्थिक सहयोग गरेको हो । विद्यालयको तर्फबाट १४ हजार ९ सय २० रुपैयाँ आर्थिक सहयोग गरेको प्रधानाध्यापक मदन मिश्रले जानकारी दिए । विद्यालय परिवारले आर्थिक सहयोग गर्दै घाइतेहरूलाई स्वास्थ्य लाभको कामना गरेको छ । गत सनिवार बुंगलबाट दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च २६६४ नम्बरको जीप केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा दुर्घटना भएको थियोे । दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको थियोे, भने १२ जना घाइते भएका थिए । घाइते गम्भीर घाइते भएका पाँच जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक देवेन्द्र धामी र दुर्गाथली गाउँपालिकाका रामबहादुर महत काठमाडौंस्थित ट्रमा स...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्दै विभिन्न निर्णय गरेको छ । आइतबार बसेको सर्वदलीय बैठकले जिल्ला स्थित स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक सहयोग लगायतका निर्णय गरेको हो । जिल्लाका सबै स्थानीय तहले कम्तीमा दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ। साथै, जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, पत्रकार महासंघ तथा राष्ट्रसेवक कर्मचारीलाई पनि स्वेच्छिक आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। उक्त सहयोगको समन्वय दुर्गाथली गाउँपालिकाले गर्ने निर्णय भएको छ। त्यसैगरी, घाइतेहरूको उपचारका लागि आवश्यक थप सहयोग उपलब्ध गराइदिन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ। गम्भीर घाइत...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोले मानवीय क्षति नभए पनि पशुचौपाया र किसनहरुको खेतीयोग्य जमिनमा व्यापक क्षति पुर्‍याएको हो । बाढी पहिरोले ऐन वाडाका मदन ऐडीका ४ भैंसी र २ गाई बगाएको छ भने ७ बाख्रा बेपत्ता भएका वडा सचिव नवराज गिरीले जानकारी दिए । खोला किनार पानी खुवाउन लगिएका गाई भैंसी अचानक खोलामा आएको बाढीले बगाएको उनको भनाइ छ । संगै रहेका ९ वाख्रा मध्ये २ बाख्रा जिउदै भेटिए पनि ७ बाख्रा बेपत्ता हुन् । कफलकाडा करबीर आधारभूत विद्यालय सडकमा आएको भल र पहिरोले ऐनबाडा,टोटिवाडा र डोरगाउँमा खेतीयोग्य जमिन बगाएको र क्षतिको एकिन बिवरण संकलन भईरहेको समेत सचिव गिरिले बताए ।...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा गुणस्तरीय सुनचाँदीका गरगहना तथा विश्वसनीय सेवा प्रदान गर्दै आएका व्यवसायी दिपेन्द्र सोबले आइतबारदेखि बिसौना बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएका हुन्। पसलमा सुन तथा चाँदीका विभिन्न आधुनिक र परम्परागत डिजाइनका गरगहना उचित मूल्यमा उपलब्ध हुने जनाइएको छ। साथै, नयाँ गहना निर्माण, पुराना गहना मर्मत, साटफेर तथा अर्डरअनुसार गहना बनाउने सुविधा पनि उपलब्ध रहेको सञ्चालक साेबले जानकारी दिएका छन्। स्थानीयवासीलाई गुणस्तरीय गहना तथा सहज सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले बिसौना बजारमा शाखा विस्तार गरिएको सञ्चालक सोपकाे भनाइ छ।...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र...
बझाङ जीप दुर्घटनाको प्रारम्भिक निष्कर्ष, क्षमताभन्दा बढी यात्रु र हिलाम्मे सडक मुख्य कारण

बझाङ जीप दुर्घटनाको प्रारम्भिक निष्कर्ष, क्षमताभन्दा बढी यात्रु र हिलाम्मे सडक मुख्य कारण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा शनिबार भएको जीप दुर्घटनाको प्रारम्भिक अनुसन्धानले कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्नु दुर्घटनाको मुख्य कारण रहेको देखाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुपप्र ०१-००१ च २६६४ नम्बरको जीप वर्षाका बेला हिलाम्मे कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर बुंगलबाट दुर्गाथलीतर्फ जाँदै थियो। जीपमा चालकसहित १६ जना सवार रहेका थिए। दुर्घटना भएको स्थान उकालो र घुम्ती भएको सडक खण्ड हो। वर्षाका कारण सडक चिप्लो बनेको र अत्यधिक भारका कारण जीपले उकालो चढ्न नसकेपछि चालकले ब्याक गरेर घुम्ती काट्ने प्रयास गरेका थिए। सो क्रममा जीप नियन्त्रणबाहिर गई भीरतर्फ करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्...
बाजुराको धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुँदै, गाउँमै सेवा पाइने भएपछि स्थानीय उत्साहित

बाजुराको धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुँदै, गाउँमै सेवा पाइने भएपछि स्थानीय उत्साहित

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुराको हिमाली गाउँपालिका–६ धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएपछि स्थानीयवासी उत्साहित भएका छन्। सामान्य आँखाको उपचारका लागि समेत कोल्टी वा अन्य स्थान धाउनुपर्ने बाध्यता अब अन्त्य हुने अपेक्षा गरिएको छ। नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारीमा असार २९ गतेदेखि धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको हो। हिमाली गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित संस्थासँग समन्वय गरी केन्द्र स्थापना गर्न लागेको जनाएको छ। स्थानीय रामबहादुर रावतले सामान्य आँखाको उपचारका लागि पनि कोल्टी अस्पताल पुग्नुपर्ने बाध्यता रहेको भन्दै अब गाउँमै सेवा उपलब्ध हुने भएपछि ठूलो राहत मिल्ने बताए। गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीका अनुसार हिमाली गाउँपालिकाका अधिकांश बस्ती भौगो...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह घटनापछि संघीय सरकार, स्थानीय तह र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ। सहमतिअनुसार छानबिन प्रतिवेदन र समितिको सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ। घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही गरिने पनि सहमति भएको छ। पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने तथा आ...
आज र भोलि पनि देशभर वर्षाको सम्भावना, केही ठाउँमा मुसलधारे पानी पर्ने चेतावनी

आज र भोलि पनि देशभर वर्षाको सम्भावना, केही ठाउँमा मुसलधारे पानी पर्ने चेतावनी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- गएराति देशका मध्य तथा पूर्वी भेगका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर र म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको हो। काठमाडौं उपत्यकासहित देशका अन्य धेरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा अहिले पनि वर्षा जारी रहेको छ। यसैबीच, कैलालीको कटेनी नदीस्थित रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी किनार तथा डुबान हुने तल्लो भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आज र भोलि पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ह...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज