Advertisement

Day: २०८२ चैत्र २५, बुधबार १८:३२

बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ -  बझाङमा चैत्र १९ गतेदेखि बेपत्ता भएका थलारा गाउँपालिका–५ तल्लो दुवालीका ५८ वर्षीय लालबहादुर सिंहको शव ५ दिनपछि सेती नदीमा बग्दै गरेको अवस्थामा फेला परेको छ। आज दिउँसो केदारस्यूँ गाउँपालिका–९ झोता झुलुङ्गे पुल तलतिर स्थानीयले नदीमा बगिरहेको अवस्थामा उनको शव देखेका हुन्। सिंह चैत्र १९ गते बिहान घरबाट निस्केका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय खोलीमा जानकारी गराइएपछि प्रहरीसहित स्थानीयले खोजी कार्य अघि बढाएका थिए। खोजीकै क्रममा गुगलमार्फत उनको मोबाइल लोकेसन ट्र्याक गरिएको थियो। सोही आधारमा खोज्दै जाँदा थलारा गाउँपालिका–६ गड्डाला स्थित सेती नदी किनारमा उनको मोबाइल, कपडा र चप्पल फेला परेको थियो। वैदेशिक रोजगारीका लागि बेला–बेला भारत जाने गरेका सिंह भारततर्फ गएको हुन सक्ने आशंका गरिएको थियो। तर, उनका सामान नदी किनारमै भेटिएपछि नद...
कञ्चनपुर कारागारमा झडप : पाँच कैदीबन्दी घाइते

कञ्चनपुर कारागारमा झडप : पाँच कैदीबन्दी घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा दुवै पक्षका कैदीबन्दीहरू घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीका अनुसार घाइते हुनेहरूमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुष बम रहेका छन्। घाइतेहरू लागुऔषध तथा चोरी मुद्दामा संलग्न कैदीबन्दी भएको जनाइएको छ। उनीहरूको महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ। प्रहरीका अनुसार झडपमा संलग्न समूहबीच यसअघि पनि पटक–पटक विवाद र झडप हुँदै आएको थियो।...
बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङका प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले जिल्लाका रणनीतिक सडक आयोजनाहरू आगामी आर्थिक वर्षको बजेटसहित योजनामा समावेश गर्न माग गरेका छन् । उनले सडक विभागलाई पत्र लेख्दै बझाङमा सडक पूर्वाधार विकास अझै सुस्त रहेको उल्लेख गरेका हुन् । महरका अनुसार २०४१/४२ सालदेखि निर्माण सुरु भएको खोड्पे–बझाङ (जयपृथ्वी राजमार्ग) अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्य महत्वपूर्ण सडक आयोजनाहरू पनि ढिलाइमा रहेको उनले बताएका छन् । उनले बैतडीको अनारखोलास्थित सडक आयोजना कार्यालय बझाङमै सार्नुपर्ने माग गर्दै स्थानीय स्तरबाटै आयोजना सञ्चालन भए काम छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे, आगामी बजेटमा खोड्पे–बझाङ सडक स्तरोन्नति तथा कालोपत्रे, खुटिया–दिपायल–चैनपुर सडकअन्तर्गत बझाङ–झनाना–दिपायल खण्ड सुधार, बित्थड–बुङ्गल–छविस हुँदै जयपृथ्वी नगरपालिका जोड्ने सडक,वागथला–बुङ्गल–गन्नैलेक हुँदै दार्चु...
प्रधानमन्त्री बालेनको निर्देशनले बढायो सरकारी खर्च, प्रतिस्पर्धात्मक मिडियाको अस्तित्व संकटमा

प्रधानमन्त्री बालेनको निर्देशनले बढायो सरकारी खर्च, प्रतिस्पर्धात्मक मिडियाको अस्तित्व संकटमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
कैलाली : सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धात्मक र लागत प्रभावकारी बनाउने उद्देश्यसहित लागू गरिएको ऐन कानुन माथी नै यतिबेला प्रश्न उठिरहेका छन । सरकारी निकायहरूबाट प्रकाशित हुने सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू सीमित माध्यममा केन्द्रित गर्दै राज्यको खर्च उल्लेखनीय रूपमा बढेको देखिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ र त्यसको नियमावलीले स्पष्ट रूपमा बोलपत्र आह्वानसम्बन्धी सूचना राष्ट्रियस्तरका क वर्गका दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक खरिद ऐन मा क वर्गको राष्ट्रिय दैनिक भनेपछि त्यसमा सरकारि र गैरसरकारी दुइटै पत्रीकाहरु समावेश हुन्छन् । तर भर्खरै गठन भएको नयाँ सरकारले भने सरकारी निकायका सूचना केवल सरकारी स्वामित्वको गोरखापत्र संस्थान मार्फत मात्र प्रकाशित गर्न लिखित निर्देशन दिइएको छ । यसले कानुनको मूल मर्ममाथि प्रत्यक्ष प्रश्न उठाउँछ । केही वर्षअघिसम्म...
आज देशभर बदली, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज देशभर बदली, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- मौसम आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहेको छ भने देशका अन्य स्थानमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य स्थानमा सामान्य बदली रहनेछ। यी प्रदेशका धेरै स्थानमा तथा कोसी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा, साथै मधेस प्रदेश र कोसी–बागमतीका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने सम्भावन...
गहुँको मूल्य घट्दा किसान चिन्तित, समर्थन मूल्य निर्धारणको माग

गहुँको मूल्य घट्दा किसान चिन्तित, समर्थन मूल्य निर्धारणको माग

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
टीकापुर (कैलाली)- जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल रु चार हजारमा गहुँ बेचेका किसान यस वर्ष करिब रु दुई सय कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल रु तीन हजार ८०० को हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ । किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए । “गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ”, उनले भने । टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको उनले बताए । उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित ...
गेटामा पहिलोपटक शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज

गेटामा पहिलोपटक शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज बस्दै छ। पहिलोपटक कैलालीको गेटामा बैठक आयोजना गर्न लागिएको हो। यसअघि भएका तीनवटा विश्वविद्यालयसभा (सिनेट) बैठक संघीय राजधानीमा सम्पन्न भएका थिए। बैठकका लागि सभा अध्यक्षसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल मंगलबार नै कैलाली पुगिसकेका छन्। विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा रहने विश्वविद्यालयसभा गठन गरिएको छ, जसको अध्यक्ष विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका शिक्षामन्त्री हुने व्यवस्था छ। यसैगरी, सह- कुलपतिका रूपमा रहेका स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुखलगायत सदस्य रहने कानुनी व्यवस्था छ। विश्वविद्यालयको कुलपति भने प्रधानमन्त्री रहने प्रावधान छ। विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापन सुरु ग...
प्रधानमन्त्री वालेन्द्र शाह एकैपटक २० देशका राजदूतसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री वालेन्द्र शाह एकैपटक २० देशका राजदूतसँग भेटवार्ता गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतसँग एकैपटक भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज मध्याह्न १२ बजे नेपालमा कार्यरत विभिन्न देशका राजदूतसँग सामूहिक भेटवार्ताको कार्यसूची तय गरिएको छ। विगतमा प्रधानमन्त्रीहरूले राजदूतहरूलाई छुट्टाछुट्टै भेट्ने अभ्यास रहँदै आएकोमा प्रधानमन्त्री शाहले नयाँ शैलीको सुरुवात गर्न लागेका हुन्। यस किसिमको सामूहिक भेटलाई कूटनीतिक वृत्तमा विशेष चासोका रूपमा हेरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने उक्त भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल प्रमुख कुमार राई, प्रवक्ता तथा सह–सचिव लोकबहादुर पौडेल क्षेत्री र मुख्य सचिव सुमनराज अर्यालको समेत उपस्थिति रहने जनाइएको छ।...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ। यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ। त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मटरकोसा प्रतिकिलो रु ८०, घ...
कैलालीमा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

कैलालीमा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीमा जबरजस्ती करणी (बलात्कार) आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–८ सोनपुर का ३० वर्षीय कासिम अली जागारलाई २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुर बाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
अमेरिका-इरान युद्धविरामपछि तेलको मूल्य घट्यो

अमेरिका-इरान युद्धविरामपछि तेलको मूल्य घट्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
अमेरिका र इरानबीच दुई साताको सर्तसहित युद्धविराम सहमति भएपछि विश्वबजारमा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ भने शेयर बजारमा सुधार देखिएको छ । उक्त सहमतिमा महत्त्वपूर्ण होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने व्यवस्था समावेश छ । ब्रेन्ट क्रुड (कच्चा तेल)को मूल्य करिब १५.९ प्रतिशत घटेर प्रतिब्यारेल ९२.३० डलरमा पुगेको छ भने अमेरिकी तेलको मूल्य पनि झन्डै १६.५ प्रतिशत घटेर ९३.८० डलरमा झरेको छ । यद्यपि, २८ फेब्रुअरीमा द्वन्द्व सुरु हुनुअघि रहेको करिब ७० डलरको स्तरभन्दा मूल्य अझै उच्च छ । इरानले जलडमरु प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वबाट तेल तथा ग्यास आपूर्ति प्रभावित भएको थियो, जसका कारण ऊर्जा मूल्य बढेको थियो । युद्धविरामको खबरसँगै एसिया–प्रशान्त क्षेत्रका शेयर बजारमा वृद्धि देखिएको छ । जापानको निक्केई २२५ सूचकांक ४.५ प्रतिशतले बढेको छ भने अस्ट्रेलियाको एएसएक्स २०...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज