अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
धनगढी- अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
क्याम्पस कमिटी अध्यक्ष क. पुष्पराज राना (विप्लप) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य क. किशोर शाहको उपस्थिति रहेको थियो। कार्यक्रममा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश सह–संयोजक क. यमराज जोशी, कैलाली जिल्ला कमिटी अध्यक्ष क. कुबेर खड्का, प्रदेश कमिटी सदस्य दिपेन भट्ट, दीपकराज जोशी, पुजा शाह, स्ववियु प्रतिनिधि तथा विभिन्न मित्र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा क्याम्पसका विभिन्न संकायबाट गरी जम्मा २४ टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा वन विज्ञान (BSc Forestry) समूह प्रथम स्थान हासिल गर्न सफल भ...



