Advertisement

एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी, जनकपुर बोल्ट्सलाई हराउँदै प्लेअफमा

Advertisement

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै प्लेअफमा पुगेको छ ।
आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो ।
पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । जनकपुरलको निराशा भने अझै रोकिएको छैन ।
जितसँगै १० अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा छ । लगातार चौथो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन । यस हारले तालिकाको अन्तिममा रहेको जनकपुरको अगाडि बढ्ने सम्भावना कमजोर बनेको छ ।
जितका लागि १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरका चार विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३५ बलमा आठ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५६ रन बनाउनुभयो । यस्तै विनोद भण्डारीले ४२ रन बनाउनुभयो । कप्तान दीपेन्द्रसिंह ऐरीले १० र हर्मित सिंहले अविजित २५ रन बनाउनुभयो ।
बलिङमा जनकपुरका माज सदाकतले दुई तथा सन्जय कृष्णमूर्ति र आदित्य महताले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो ।
जनकपुरका लागि सन्जय कृष्णमूर्तिले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५० रन बनाउनुभयो ।

यस्तै जान निकोल लफ्टी इटोनले ३९, आदित्य महताले १५, ओपनर माज सदाकतले १० र कप्तान वेयन पर्नेलले १४ रन बनाउनुभयो । जनकपुरले सुदूरपश्चिम विरुद्ध नियमित कप्तान अनिल शाहलाई आराम दिएर वेयनको कप्तानीमा खेलेको हो ।
बलिङमा सुदूरपश्चिमका अविनास बोहराले चार विकेट लिनुभयो । यस्तै स्कट कग्लेइजीनले तीन तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । एनपिएलअन्तर्गत आइतबार कर्णाली याक्स र काठमान्डु गोर्खजबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज