एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी, जनकपुर बोल्ट्सलाई हराउँदै प्लेअफमा
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै प्लेअफमा पुगेको छ ।
आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो ।
पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । जनकपुरलको निराशा भने अझै रोकिएको छैन ।
जितसँगै १० अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा छ । लगातार चौथो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन । यस हारले तालिकाको अन्तिममा रहेको जनकपुरको अगाडि बढ्ने सम्भावना कमजोर बनेको छ ।
जितका लागि १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरका चार विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३५ बलमा आठ चौका र ए...






