काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान कोशी र बागमती प्रदेशका पहाडी केही स्थानमा, साथै गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र देशका पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

