रवि लामिछाने फेरि कारागार फर्किए
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः कारागार प्रवेश गरेका छन्। जेन–जी आन्दोलनका क्रममा रिहा भएका उनी आज आफ्नै घोषणा गर्दै कारागार फर्किएका हुन्।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लामिछानेसँगै कारागारसम्म पुगेका थिए। फेसबुक लाइभमार्फत उनले आफ्नो जन्मदिनकै दिन कारागार जान लागेको बताएका छन्। त्यस्तै लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराए ।
देशभरका कैदी जेलबाट भाग्नुलाई आफू कारण देखाइ बदनाम गर्न खोजिएको भन्दै लामिछानेले दुःखेसो समेत पोखेका छन्।...





