Advertisement

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन: आकस्मिक बाहेकका सेवा ठप्प

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरू प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आजदेखि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गरेका छन्।

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिका अनुसार न्यायोचित माग समेटेर प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेपछि सेवा ठप्प पार्नुपरेको हो। समितिका संयोजक राजेन्द्रसिंह साउँदले समायोजन ऐन २०७५ र स्वास्थ्य सेवा ऐन २०५३ अनुसार तह वृद्धि र पदनाम कायम गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

बैतडीको भौनेली स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द छन्।

स्वास्थ्यकर्मीहरूले समायोजन प्रक्रियामा सुरु देखिनै विभेद भएको र अहिलेको ऐनले पनि समान व्यवहार नगरेको आरोप लगाएका छन्। सेवा बन्द भएपछि सर्वसाधारण आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने जोखिम बढेको छ।

स्वास्थ्य क्षेत्रमा जानकारहरूका अनुसार स्वास्थ्यकर्मीहरूको जायज माग प्रदेश सरकारले चाँडो सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज