सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन: आकस्मिक बाहेकका सेवा ठप्प
धनगढी- सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरू प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आजदेखि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गरेका छन्।
स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिका अनुसार न्यायोचित माग समेटेर प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेपछि सेवा ठप्प पार्नुपरेको हो। समितिका संयोजक राजेन्द्रसिंह साउँदले समायोजन ऐन २०७५ र स्वास्थ्य सेवा ऐन २०५३ अनुसार तह वृद्धि र पदनाम कायम गर्नुपर्ने माग दोहोर्याएका छन्।
बैतडीको भौनेली स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द छन्।
स्वास्थ्यकर्मीहरूले समायोजन प्रक्रियामा सुरु देखिनै विभेद भएको र अहिलेको ऐनले पनि समान व्यवहार नगरेको आरोप लगाएका...






